२९ चैत्र

काठमाडौँ । बाघको आक्रमणबाट बारामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्ती बस्ने ३१ वर्षीय सुरेश मगर रहेका छन् ।

सोमबार बिहान ९ बजे उनीसहित ४ जना कोल्हबी नगरपालिका–२ स्थित तामागढी साझेदारी वन व्यवस्थापन समूहमा घाँस काट्न जाँदा उनलाई बाघले आक्रमण गरेको थियो । बाँकी तीन जना साथीहरूले हो–हल्ला गरी बाघलाई भगाएका थिए ।

बाघको आक्रमणबाट घाइते मगरलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।