२८ चैत्र

काठमाडौं । पाँच दलीय गठबन्धनले  जिल्ला तहबाट आएका प्रतिवेदनहरूको अध्ययन र विश्लेषण हुने भएको छ । निर्वाचनमा तालमेलको ‘मोडालिटी’बारे पनि छलफल हुने भएको भुषालले बताए ।

प्रतिवेदन आउन ढिलाइ हुँदा समितिले काम गर्न पाएको छैन । यसअघि समितिको बैठक २३ चैतमा बसेको थियो । जिल्ला र स्थानीय तहमा भएको दलगत स्थितिबारेको प्रतिवेदन समितिले शनिबारसम्म मागेको थियो ।

२२ चैतमा बसेको गठबन्धन दलहरूका शीर्ष नेताहरूको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन भएको समितिमा गठबन्धनका अन्य दलका नेताहरू पनि सम्मिलित छन् ।

यता, नेकपा एसका नेता जीवनराम श्रेष्ठले एउटै पार्टीमा पनि सहमति हुन गार्हो हुने भएकाले पाँच दलको निचोड निकाल्न केही समय लाग्ने तर सहमतिमै सबै हुने बताए । उनले भने, ‘साँघुरिँदै छ छिट्टै समाधान हुन्छ ।