२६ चैत्र
तनहुँ । तनहुँमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार व्यास नगरपालिका–१२ देउरालीमा दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु ७० प १७१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा देउरालीका ६२ वर्षीय नन्दगोपाल कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका कार्कीलाई उपचारको लागी दमौलीस्थित रत्नहरी अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागी मणीपाल शिक्षण अस्पताल पोखरामा पठाइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो ।
मोटरसाइकल चालक पाल्पा रामपुर ४ का ३८ वर्षीय जुबेर अहमद मियालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।









