२० चैत
पर्वत । नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं २ खुर्कोटको आयोजनामा स्थानिय निर्वाचनका लागी प्रत्यासी उम्मेदवारहरुको नामावली संकलन गरेको छ । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानिय निर्वाचनलाई मध्यनजर गरि खुर्कोटवासी आम कार्यकर्ताको भेला गरि उम्मेदवारहरुको आकाक्षा अनुरुप उम्मेदवार दिन आग्रह गरेको थियो । सोहि अनुरोध वमोजिम १० जनाले वडाअध्यक्षमा दरखास्त दिएका छन् । दरखास्तदिनेहरु तिर्थ प्रसाद शर्मा,गणेश वहादुर क्षेत्री,कमलराज पौडेल,लालकृष्ण वास्तोला,कल्याण सुवेदी,डिल्लीराम पौडेल,श्याम जोशी,कालिभक्त शर्मा, हरि प्रसाद रेग्मी र घनराज पौडेल रहेका छन् । वडा सदस्यहरुमा खुला पुरुषमा ९ जना रहेका छन् । जस्मा कालिका प्रसाद शर्मा,नारायण गिरी,राजुप्रसाद शर्मा,लेखनाथ चालिसे,छत्र वहादुर क्षेत्री,पदम प्रसाद वास्तोला,सुर्य रेग्मी,चुडामणी शर्मा र भिमनिधि रेग्मी रहेका छन् । त्यसै गरि महिला सदस्य मा ४ जना रहेका छन् । जस्मा शान्ति शर्मा कुमाल,लक्ष्मी गिरी,गिता कुमारी शर्मा र लिला कुमारी रेग्मी रहेका छन् । त्यसै गरि दलित महिला सदस्यमा ४ जना रहेका छन् । जस्मा निरुता परियार,जमुना दर्जी,कालिका देवि विश्वकर्मा र सुनिता नेपाली रहेका छन् ।


प्रस्तावित उम्मेदवारहरु विच भोलि १० वजे वडाकार्यालय लाम्पाटमा छलफल गरि सर्वसहमती कायम गरिने कुरा वडा सभापती तिर्थ प्रसाद शर्माले जानकारी दिनुभयो । नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सर्कुलर अनुसार २० गते वडा समितिले १ जना वडा अध्यक्ष सहित ४ जनाको नाम नगर कार्य समितिमा पेश गर्ने र २१ गते नगर समितिले प्रदेश क क्षेत्रिय समितिमा २२ गते सिफारीस गरि सक्ने जनाएको थियो । तर सर्व सम्वत नभएकाले भोलि आकांक्षी विच छलफल गरि टोलपाईभेग मिलाएर संभव भए सम्म सर्वसम्वत गरि २२ गते कुश्मा नगरकार्यसमितिमा नाम सिफारीस गर्ने सचिव गोविन्द रेग्मीले वताउनू भयो । उक्त दरखास्त संगै वडा अध्यक्षको लागी ७ हजार ५ सय,महिला,पुरुष खुला सदस्यका लागी ३ हजार ५ सय र दलित महिला सदस्यका लागी १ हजार सहयोग रकम उठाउने निर्णय वडा समितिले गरेको थियो । उक्त सहयोग रकम रु १ लाख १० हजार संकलन भएको वडा कोषाध्यक्ष रेणु जोशीखड्काले वताउनुभयो ।
यसरी नै पर्वत जिल्लाका ६१ वटै वडामा वडाभेला गरि वडा अध्यक्ष तथा सदस्यहरुको आकांक्ष अनुरुप नेपाली कांग्रेसले उम्मेदवार छनौटको प्रकृया थालनी गरेको छ ।