१९ चैत
पर्वत । नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं २ खुर्कोटको आयोजनामा पार्टी प्रवेश तथा नागरीक संवाद कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुखअतिथि नेपाली कांग्रेस पर्वतका पार्टी सभापती युवराज जोशीले राजनिति भनेको व्यवसाय नभई यो नितान्त सामाजिक सेवा भएकाले त्यस्तो सेवा गर्ने व्यक्ति मात्र यो क्षेत्रमा आउन आग्रह गर्नुभयो । १४औ महाधिवेशन पछि पर्वत कांग्रेसमा कुनैगुट नहरेको जानकारी गराउदै आफुले साझा रुपमा कार्य गर्ने वताउनु भयो । पर्वत कांग्रेसले सवै कार्यकर्ताको भावना वुझेर कार्य गर्ने वताउदै नेता जोशीले अव निर्वाचित हुने जनप्रतिनिधिले पार्टी संग समन्वय गरेर मात्र कार्यगर्न उत्प्रेरीत गर्ने वताउनु भयो । आउदै गरेको स्थानिय निर्वाचनमा पार्टीले उठाएको उम्मेदवारलाई भोट नदिई घातअन्तरघात गर्नेहरुलाई पहिचान गरि पार्टीले कर्वाहिगर्ने वताउनुभयो । पार्टी अव विधि र पद्धतीमा चल्ने चल्ने कुरामा जोडदिनुभयो । उहांले स्पष्ट वहुमत भएको नेकपा सरकारले चुनावमा देखाएका सपनाहरुलाई पुरा नगरी जनतालाई जालझेल गरि अल्मलाएको वताउनु भयो । अव भोट माग्न आउने नेकपा एमालेका प्रतिनिधिलाई केपी ओलीले देखाएको चुच्चे रेल,पानी जहाज,घरघमा ग्यासका पाईपहरु जोडेको खै यस्ता प्रश्न गर्न आग्रह गर्नुभयो । अव तेस्ता झुटा सपना देखाउनेलाई जनताले भोट नदिने वताउनु भयो ।


कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रीत सदस्य टंक प्रसाद सुवेदी, नेपाली कांग्रेस पर्वतका सचिव गुप्तनिधि शर्मा, पर्वत प्रदेश क का सभापती राजकुमार क्षेत्री, जिल्ला सदस्य शान्ति शर्मा कुमाल,कुश्मा नगर समितिका सभापती किशोर भण्डारी,महिला संघका सभापती मुना शर्मा लामिछाने,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादुर क्षेत्री,दलित संघका सहसचिव सन्तोष विक,नेवि संघका जिल्ला सदस्य विवेक गिरी लगायतले शुभकामना मन्तव्य राख्नूभएको थियो । कार्यक्रममा ने क पा एमाले परित्याग गरि ८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरु सुजन क्षेत्री,सुनिल पुरी, रुद्र गिरी,सचिन क्षेत्री,गंगागिरी,प्रेम गिरी,सन्तु नेपाली र डिलमाया दर्जी रहेका छन् । नेपाली कांग्रेस पर्वतका पार्टी सभापर्ती युवराज जोशीले नव प्रवेशी हरुलाई टिका र खादा लगाएर स्वागत गर्नु भएको थियो ।


उक्त नागरीक संवाद कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोलाले विगत ५ वर्षमा गरेका कार्यहरुको वारेमा वजेट सहित प्रस्तुत गर्नु भएको थियो । खुर्कोटका ९१३ घरधुरीमा एक घर एक धारा निर्माण गर्ने कार्य अनुरुप धेरै कार्य सम्पन्न भएको । कुश्मा सहरी सस्थ्य चौकी भवन निर्माण,वडा कार्यालय निर्माण,एनआरएनए स्वीडेनको आर्थिक,वडा र नगरको सहयोगमा खुर्कोट स्वास्थ्य चौकीको भवन निर्माण,छमर्के खुर्कोट कोटगाउं सडक स्तरउन्नतीको कार्य लगायतका कार्यहरु र विद्यालय शैक्षिक कार्यक्रम,कृषि पशु,महिला,दलित लक्षित कार्यक्रमलागयका कार्यहरु गरेको जानकारी गराउनु भयो ।

त्यसै गरी वडा नं. २ का वडा सदस्य तथा निवर्तमान पार्टी सभापती कालिभक्त शर्माले पार्टीको समन्वयमा खुर्कोटमा भएका विकासका कार्यहरु वारे जानकारी गराउनु भएको थियो । विपन्न दलितहरुका २० घरधुरीमा जनता आवास कार्यक्रम अन्तरगत घर निर्माण गरेको,छमर्के खुर्कोट कोटगाउं मोटरवाटो,अर्मादी वनौ मोटरवाटो,हिमालय माविमा नमुना विद्यालय भवन निर्माण,कालिका मा वि मा भवन निर्माण कार्य कांग्रेसकै पहलमा भएको वताउनु भयो ।

नागरीक सम्वाद कार्यक्रमा वडा नं. २ का नागरीकहरु नारायण गिरी,भेषराज रेग्मी,लेखनाथ चालिसे,गोविन्द वहादुर क्षेत्री, नारायण प्रसाद रेग्मी,टंक गिरी,चुडामणी शर्मा, कुमार आचार्य लगायतले प्रश्न तथा जिज्ञासा राख्नु भएको थियो ।

वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला र वडा सदस्य कालिभक्त शर्माले सहभागिको जिज्ञासा मेटाउने कार्य गर्नुभएको थियो ।
नेपाली कांग्रेस खुर्कोटका वडा सभापती तिर्थ प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष हरीप्रसाद रेग्मीले र संचालन सचिव गोविन्द प्रसाद रेग्मीले गर्नु भएको थियो ।