१७ चैत्र
पर्वत । नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं ८ चुवामा पार्टी प्रवेश तथा टोलकार्य समितिका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका निवर्तमान केन्द्रियसदस्य तथा संविधान सभा सदस्य अर्जुन प्रसाद जोशीले चुवामा कांग्रेसले सधै विजयहासील गर्ने गरेको छ । यो विरासत कायम गर्न चुवावासी सवै जनताको कांग्रेस प्रतिको विस्वास रहेको वताउनु भयो । नेपाली जनताई पुरा गर्न नसकिने सपना देखाउदै चुच्चेरेल,पानी जहाज,घरघरमा ग्यासको पाईप जडान गर्ने कुरा गरेर जनताको मत वटुलेको नेकपाले संसद नै भड्ग गरेर तमासा देखाएको वताउनू भयो । नेपाली जनताले दिएको मतको प्रयोग गर्न नसक्नेलाई फेरी किन वहुमत चहियो भन्ने प्रश्न गर्दै नेता जोशीले वहुमत आए संसद भंग गर्ने अल्फमत भए संसद चल्न नदिने एमाले लाई नेपाली जनताले यसपाली दण्डीत गर्नुपर्ने धारणा राख्नुभयो । ५ वर्षको अवधिमा केपी सरकारले यति,ओम्नी,वाईडवडी भ्रष्टचारका ठुलाठुला काण्ड मच्चाएको नेपाली जनता सामु छर्लड्ग रहेको छ । एक फरक प्रसड्मा नेकपा एमालेका अध्यक्ष केपी ओली पर्वत आउने कुरा सुनेको वताउदै नेता जोशीले ४ वर्ष अघि पर्वत जिल्लाको वान्द्रेवुढीमा रेलस्टेशन वनाउने उद्घोष गरेका के पि ओलीलाई जनताले प्रश्न गर्ने वताउनू भयो । ४ वर्ष अगाडी तेहि ठाउमा उभिएर रेलस्टेशन वनाउने उद्घोष गरेका केपिले फेरी अर्को के झुटफाल्ने हुन र नेपाली जनतालाई झुक्काउने हुन भन्दै उहले भन्नुभयो अव नेपाली जनता कम्यूनिष्टको कुनैपनि झुटो आश्पासनको पछि नलाग्ने वताउनुभयो ।


कार्यक्रममा नेपाली कांग्रेस पर्वतका सचिव गुप्तनिधि शर्मा, पर्वत प्रदेश क का सभापती राजकुमार क्षेत्री, प्रदेश क का कोषाध्यक्ष चित्रकला भारती शर्मा, नेपाल ट्रेडयुनियन कांग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र के सी लगायतले शुभकामना मन्तव्य राख्नूभएको थियो । कार्यक्रममा ने क पा एमाले परित्याग गरि ७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरु जोतेन्द्र परियार,विनोद परिया,कृष्ण वहादुर परियार,देवी परिया,राजु परियार र मन वहादुर वि क रहेका छन् । नेपाली कांग्रेसका निवर्तमान केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले नव प्रवेशी हरुलाई टिका र खादा लगाएर स्वागत गर्नु भएको थियो । कार्यक्रममा टोल कार्यमितिका सदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।


नेपाली कांग्रेस चुवाका वडा सभापती लक्ष्मण शर्माको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमका स्वागत कोषाध्यक्ष राजकुमार थापाले र संचालन सचिव ज्ञानेन्द्र के सीले गर्नु भएको थियो ।