nlntk'/M !# r}tM g]sf s]Gb|Lo sfo{;ldltsf] a}7s nlntk'/sf] ;fg]kf cfOtaf/ a;]sf] g]kfnL sf+u|];sf] s]Gb|Lo sfo{;ldltsf] a}7s . tl:a/M /f]zg ;fksf]6f÷/f;;

१६ चैत
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र अवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलहरुसँग तालमेल गर्न सकिने नीतिगत निर्णय गरेको छ ।

चार दिनसम्म घनिभूत रुपमा पार्टी मुख्यालय वीपीनगर सानेपामा बसेको बैठकले स्थानीय अवस्था र आवश्यकता अनुरुपमात्र गठबन्धनमा रहेका अन्य दलहरुसँग तालमेल गर्न सकिने नीतिगत निर्णय गरेको हो ।

त्यस्तै स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रिया अनुरुप कार्य अगाडि बढाइने पनि बैठकले निर्णय गरेको छ ।

चार वटा संसदीय बोर्डले वडा तहदेखि पालिका, उपमहानगरपालिका र महानगरपालिकासम्मको निर्णय गर्ने भएको हो ।

त्यस्तै स्थानीय तहको निर्वाचनमा बहुसख्यक तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझ सबल र ब्यापक बनाउन  गठबन्धन अन्य दलहरुसँग तालमेल गर्ने निर्णयसमेत भएको हो ।

स्थानीय तह निर्वाचन केन्द्रीत ‘घर घर जाउँ कांग्रेस जिताउँ’ अभियानले नेपाली कांग्रेसको विजयको आधारलाई थप मजबुत र व्यापक बनाउँदै लगेको निष्कर्ष पार्टीले गर्दै यो परिस्थितिमा थप उत्साहका साथ निर्वाचन अभियानमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अपीलसमेत गरेको छ ।