१५ चैत्र
पर्वत । नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं २ खुर्कोटमा कांग्रेसको वडा कार्यालय शुभारम्भ भएको छ । कार्यालयको शुभारम्भ गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सह महामन्त्री एवं कुश्मा नगरका नगर प्रमुख रामचन्द्र जोशीले खुर्कोट कांग्रेसको संस्थागत विकासका लागी वडा कार्यालय स्थापनाले महत्वपूर्ण भुमिका खेल्ने वताउनू भयो । कु्श्मा नगरमा रहेर अल्फमतका विचमा पनि धेरै राम्रा काम गरेको वताउनू भयो । नगरको विकासमा नेपाली कांग्रेस अल्फमतमा परेका कारण कार्यपालिका वाट विकास निर्माणका कार्य सोचे अनुरुप वढाउन नसकेको वताउनू भयो । हरेक योजना परियोजनाहरु निर्णय गर्दा स्पष्ट वहुमत नभएकाले समयमा निर्णय गर्न नसकेको जानकारी गराउनू भयो । उहांले नेकपा सरकार दुईतिहाईको नजिक भएको वेला पनि चाहेजति विकास निर्माण गर्न नसकी आपसी स्वार्थमा रहेर पार्टी नै फुटाएको वताउदै त्यस्ता कम्यूनिष्ट वाट विकास निर्माणको आशा गर्न नसकिने वताउनू भयो । कम्यूनिष्टहरु सधै झुटको खेती गर्ने,पुरानहुने सपना देखाउने,समाजमा अस्थिरता सृजना गरेर फुटाउ र राज गरको सिद्धान्त अवलम्वन गरेकाले नेपाली जनताले विस्वास गर्न नहुने वतउनू भयो ।


कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसम्पादन समितका सदस्य तथा कुश्मा नगरका उप प्रमुख सीता काप्ले लामिछाने,नेपाली कांग्रेस पर्वतका सचिव गुप्तनिधि शर्मा,कोषाध्यक्ष हेम शर्मा पौडेल, पर्वत प्रदेश क का सभापती राजकुमार क्षेत्री, कुश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला,कुश्मा नगर कार्य समितिका सदस्य डिल्लीराम पौडेल,लोकतान्त्रिक गैरसरकारी संस्थामहासंघका अध्यक्ष गणेश वहादुर क्षेत्री,पूर्व जिल्ला सदस्य सरस्वती शर्मा जिज्ञासु,पूर्व जिल्ला सदस्य द्रोणराज पौडेल,पूर्व क्षत्रिय सभापती गंगाधर पौडेल,शिक्षक सघ पर्वतका जिल्ला सचिव यज्ञ प्रसाद वास्तोला,नेवि संघका पूर्व जिल्ला सभापती कमलराज पौडेल,नेवि संघक जिल्ला सदस्य विवेक गिरी,साविक वडा नं. ४ का टोलकार्य समिति सभापती भेषराज पौडेल,कृयाशिल सदस्य कल्याण सुवेदी लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।


कार्यक्रममा लोकतन्त्र र खुर्कोटको विकासमा महत्वपूर्ण योगदान पु-याएका ५ जनालाई सम्मान गरिएको थियो । सम्मानहुनेहरु द्रोणराज पौडले,विष्णु प्रसाद पौडेल,लिलावती रेग्मी,कुलकुमारी उपाध्यानी र रमाकान्त पौडेल रहेका छन् ।
त्यसैगरी नेकपा एमाले परित्याग गरि १४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा रामु परियार,विनोद नेपाली,भरत नेपाली,कमल नेपाली,वावुराम दमै,राम वहादुर दर्जि,कृष्ण परियार,गोविन्द परियार शुसिला नेपाली,सुजाता नेपाली,राजन दर्जि,टंक प्रसाद पौडेल,सरस्वती दर्जि र कृष्ण नेपाली रहेका छन् ।


खुर्कोटमा चैत्र ७ गते देखि संचालन भएको घरघर जाऔं, काँग्रेस जिताऔं अभियान अन्तरगत आज वडा कार्यालय शुभारम्भ,नागरीक सम्मान,टोल कार्य समितिलाई प्रमाण पत्र वितरण र पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा नं २ का वडा सभापती तिर्थ प्रसाद शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपसभापती नारायण पौडेल र संचालन सचिव गोविन्द्र प्रसाद रेग्मीले गरेका थिए । कार्यक्रममा खुर्कोट स्थित नेपाली कांग्रेस संग सम्वन्धित शुभेक्षुक, कृयाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।