१३ चैत

चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा मा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको सहभागितामा तीन दिने भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए। उनले परराष्ट्रमन्त्री नारायण खड्कालाई साँचो हस्तान्तरण गरे।

पाेखरामा पनि एक समाराेहकाबीच हस्तान्तरण गरिएकाे छ । विमानस्थल हस्तान्तरण गर्न आयोजित कार्यक्रमका लागि पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले शनिबार पोखरा आए । विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले पाएको थियो।

काम नसकिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण गरेको भन्दै चिनियाँ प्रतिनिधि र पर्यटन मन्त्रालयका अधिकारीहरुहरु असन्तुष्ट रहेको बताइएको छ। राष्ट्रिय गौरवको आयोजनामा समावेश विमानस्थलको भौतिक प्रगति ९३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ७४ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। डेकोरेशन, फिनिसिङ लगायतका काम बाँकी नै रहेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन हुँदै सोझै जहाजभित्र जाने विमान पुल (प्यासेन्जर बोडिङ ब्रिज) एउटा जडान भइसकेको छ भने अर्को जडान गर्न बाँकी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।