कात्तिक १,पर्वत । नागरिकता बनाउँन जाँदा वडा अध्यक्षले दुव्र्यवहार गरेको र वडा सचिवले तिन हजार रकम लिएको घटनाले पर्वतमा निकै चर्चा पायो । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाकी सजना रेग्मी नागरिकताको सिफरिस लिन जाँदा वडा अध्यक्षले दुव्र्यवहार गर्नुका साथै हातपात गरेको, वडा सचिवले  ३ तिन हजार रुपैया लिएको सरिता पाण्डेले सञ्चारमाध्याममा खवर गरेकि थिईन ।

सरिता पाण्डे आफ्नी बहिनी सविना पाण्डेको नागरिकता हराएपछि प्रतिलिपी सिफरिस गर्न वडा अध्यक्ष सामु पुगेकी थिईन् । उनले आफुलाई अनावश्यक गालीगलोज र हातपात गरेको जनाईएकी थिईन् । उक्त घटना  सञ्चार माध्यममा तथा विभिन्न अनलाईनमा समाचार प्रकाशित भएको १० दिन पछि फलेवास नगरपालिका–७ का वडा अध्यक्ष हरीराम रेग्मी र सचिव रामबहादुर परियारले नागरिकतामा उमेर घटाउन खोजेको र आफ्नो उद्देश्य पुरा नभएपछि वडा अध्यक्ष र सचिव माथि भुटा आरोप लगाएको भन्दै विज्ञप्ती प्रकाशित गरेका छन् ।

गतहप्ता लिमिठाना निवासी सजना रेग्मीले नागरिकताको उमेर केरमेट गर्दै उमेर घटाउन दबाब दिएको र आफुहरुले गैर कानुनी काम गर्न नमानेपछि व्यक्तिगत तथा सामाजिक जीवनमा आँच आउने तथा मानहानि हुने ढंगवाट समाचार संप्रेषण गरेको भन्दै अध्यक्ष र सचिवले विज्ञप्ती प्रकाशित गरेका हुन् ।

अध्यक्ष र सचिवको संयुक्त विज्ञप्तीमा भनिएको छ– असोज २१ गतेको दिन फनपा–७ लिमिठाना निवासी सजना रेग्मीको नागरीकतामा उमेर परीर्वतन गरी नागरीकताको प्रतिलिपीको लागि सिफारीस मागिएको र आफुहरुले उमेर सच्यायर सिफारीस दिन नसक्ने जनाएपछि त्यसैको आक्रोशमा झुट समचार प्रकाशन गरी चरीत्र हत्या हुने कार्य गरेको भन्दै घटना भएको पछि संयुक्त विज्ञप्ति निकालेका हुन् ।

सोही विज्ञप्तीमा भनिएको छ ‘नियम विपरीत सिफारीस दिन नसक्ने जनाएपछि वडा अध्यक्षको घरमा विभिन्न गालिगलौज गर्दै वडा कार्यलयमा आगो लागाईदिने धम्कि दिएको र आफु नियम विपरीत जान नसक्ने भनेपछि सोही विषयलाई लिएर महिला माथि हातपात गरेको भन्ने झुटो विवरण सहित चरीत्र हत्याहुने गरी सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा राजनितिक दलको झण्डा सहितको फोटो राखि समाचार संप्रेषण गरीएको भन्दै विज्ञप्ति मार्फत भत्र्सना गरीएको छ । नागरीकता सच्याउन माग गर्दै वडा सचिव रामबहादुर परीयारलाई आर्थिक प्रलोभन देखाईएको समेत सो विज्ञप्तीमा उल्लेख गरीएको छ ।

आफुलाई आर्थिक प्रलोभन देखाईएपनि नियम विपरीतको कार्य गर्न नसक्ने जनाएपछि सचिवले ३ हजार घुस लिएको भन्दै झुटोप्रचारबाजी गरीएको विज्ञप्तिमा जनाईएको छ । यता सरिता पाण्डेले भने आफुलाई नागरिकताको सिफरिस लिन जाँदा वडा अध्यक्षले दुव्र्यवहार गर्नुका साथै हातपात गरेको बताउँदै आएकी छन् । वडा अध्यक्षलाई अर्को नागरिकता बनाउन पर्ने भएकाले सिफारिस बनाईदिनु प¥यो भनेकी थिएँ । ‘उहाँले मेरो जागिर खान आएकी होस् भन्दै हातपात गर्नुका साथै दुव्र्यवहार गर्नुभयो, ‘पीडित पाण्डेले भनिन् । ’

उक्त घटनाको विषयवारे वडा कार्यालयमा बोलाएर स्थानिय बिच छलफल गरेपछि वडाध्यक्षले सचिव विदामा बसेकाले पछि आउन आग्रह गरेको वताए । ‘हतार थियो अहिले नै चाहियो भने पछि वडाध्यक्षले कार्यालयवाटै गलत्याएर निकाले, ’उनले टेलिफोनमा भनेकी छिन् । ‘मैले गुहार पनि मागेकी ह,ुँ सरिताले भनिन् । ‘ वडाध्यक्षले गलत्यार निकालेपछि सचिव संग सम्पर्क गरेर उनले सिफारिस त वनाईन तर ३ हजार रुपैयाँ घुस ख्वाएर उनले सिफारिस बताउँदै आएकी छन् । आफु यो घटनामा दोषी ठहराए जस्तो सुकै कारबाही भोग्न तयार रहेको उनको भनाई छ ।