६ चैत्र
पर्वत । पछिल्लो समय नेपाली काँग्रेस पर्वतमा सुदृढ र भावनात्मक एकताको संकेत देखिन थालेको छ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा फरकफरक समुहमा देखिएका पर्वतका शीर्ष नेताहरु आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनका विषयमा आपसी समन्वय र साझेदारीमा जुटेका छन् । फागु पुर्णिमाको अवसर पारेर नेपाली काँग्रेसका पुर्व मुख्य सचिव एवम् पुर्व सांसद ऋशिकेष तिवारीले आयोजना गरेको होली पर्वमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेताहरुले एकताबद्ध भएर पार्टीलाई सक्रिय बनाउने उद्घोष गरेका छन् ।

कार्यक्रममा नेपाली काँग्रेस निवर्तमान केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी, ऋषिकेश तिवारी, नेपाली काँग्रेसका पुराना नेता गंगाराज शर्मा लगायत काठमाडौँमा उपलब्ध दर्जनौ पर्वतका नेताहरुको प्रत्यक्ष सहभागीतामा भएको होली विशेष कार्यक्रममा पर्वत काँग्रेस एक ढिक्का भएर अगाडि बढ्ने संकल्प गरेका छन् । नेताहरु विभाजित हुँदा कार्यकर्ताहरुमा समेत नकरात्मक सन्देश उत्पन्न भएको भन्दै आगामी निर्वाचनमा एक जुट भएर अगाडि बढ्नुपर्ने विकल्प नरहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै नेता जोशीले पर्वत काँग्रेसलाई सुदृढ र एकतावद्ध बनाएर लैजानुपर्ने बताउनु भएको छ । काँग्रेसले सबै ठुला परिवर्तनको नेतृत्व गरेको र समृद्धिको पूर्वाधार खडा गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीलाई अझ बलियो बनाएर तीनै तहको निर्वाचनमा पार्टीलाई विजयी गराउनुपर्ने सबैको दायित्व भएको बताउनुभयो । उहाँले पछिल्लो समय काँग्रेसमा युवापुस्ताको संलग्नताले आफु हर्षित भएको बताउँदै काँग्रेसलाई थप सशक्त र बलियो बनाउने र जनताको मन जित्ने गरी रणनीति बनाउनुपर्ने धारण राख्नुभयो । साथै नेता जोशीले सामजिक संजालमा जथाभावी नलेख्न नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । एक अर्का विरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्दा जनमासमा नकरात्मक सन्देश जाने भएकाले आगामी चुनावसम्म काङग्रेसको विषयमा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो । मनदुखेको छ लेख्नुपर्ने केहि छ भने भेटेरै वा फोनमा गालि गर्न अनुरोध गर्नु भयो । वरु भेटैर नेता कार्यकर्तालाई गुनासो राखौ तर सामाजिक संजालमा लेखेर काग्रेसजनहरुलाई कमजोर नवनाउं । कसैका प्रति केहि गुनासो भए संवन्धित व्यक्तिलाई भेटेरै कुरा गर्न समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा नेता ऋषिकेष तिवारीले नेपाली सद्भाबको चाड भएको र काठमाडौँमा उपलब्ध साथीहरु सँगै अनौपचारिक शुभकामना साटासाट तथा छलफल गर्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो । उहाँले काँग्रेसमा एकताको खाँचो रहेको बताउँदै काँग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्ने धारण राख्नुभयो । पर्वत काङग्रेसका केहि महत्तवपुर्ण साथीहरु सँग आवश्यक छलफल र परामर्श गरी अगाडी बढेमा काङग्रेसलाई सुदृढ र गतिशील बनाउन सकिने उहाँको भनाई छ । आफु सधै मेलमिलाप र एकताको पक्षमा रहेको र आम काङग्रेसको भावनालाई समेट्दै र एककृत गर्दै अगाडी बढ्ने तिवारीले बताए ।काठमाडौँमा भएको नेताहरुको भेलाले एकताको सन्देश दिएको भन्दै कार्यकर्ताहरुमा उत्साह थपिएको पाईएको छ ।