२९ फागुन
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी एक महिने चुनावी अभियान आजबाट सुरु गर्दै छ । ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले अभियान थालनी गर्नेछन् ।
कांग्रेसले चुनावी अभियानको नारा ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ तय गरेको छ । यस अभियानको क्रममा पार्टीका एजेण्डा, राष्ट्रिय मुद्दामा पार्टीको अडान, सरकारका उपलब्धि लगायतका विषयमा जनतालाई जानकारी दिने र जनताबाट सुझावसमेत लिने नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
डा. महतका अनुसार कांग्रेसको नेतृत्वमा हासिल उपलब्धिबारे जनतालाई जानकारी गराउने, एमसीसीबारेका भ्रमलाई चिर्ने र विगतको सरकारका पालामा भएका असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनतासमक्ष राख्ने पनि डा. महतले बताए ।चुनावी अभियानका लागि कांग्रेसका प्रतिनिधिहरु जिल्ला–जिल्लामा खटिइसकेका छन् ।
उक्त अभियान अन्तरगत पर्वत जिल्लाले २७ गते तयारी वैठक सम्पन्न गरेको छ । यहि फाल्गुन २९ गतेदेखी चैत २९ गतेसम्म १ महिना संचालन हुने अभियानमा जिल्लाका नेताहरुलाई ६१ वडामा प्रतिनिधि खटाएको छ ।
जिल्लाको प्रत्येक टोलदेखि जिल्ला सम्म काङ्ग्रेसमय बनाउने अभियानमा सहयोग गर्न सो अभियान मार्फत सम्पुर्ण कार्यकर्तालाई अनुरोध समेत गरिएको छ ।
नेपाली काङ्ग्रेसका केन्द्रिय प्रतिनिधि प्रतिमा गौतम ले मतदाता शिक्षामा महत्त्वपूर्ण ध्यान दिएर मत बदर हुनबाट रोक्नुपर्नेमा जोड दिइन । गौतमले एमसिसि पारित गर्नाले नेपाली काङ्ग्रेसलाई अबको चुनाब जित्न सहज हुने बताएकि छन । एमसिसिको बारेमा जनतामा त्रास छर्ने भ्रमीत गराउने ब्यक्तिको पछि नलागि बुझेर मात्रै अगाडि बढ्न आग्रह गरिन ।
एमालेले पहिले संविधान विघटन गर्न खोजेको र अहिले ससद भवनमा उफ्रेर बिकाश निर्माणमा बोझ बनिरहेको जनताले बुझ्नुपर्ने बताइन । सभापति युवराज जोशिले सबै पर्वतका जनतालाइ काङ्ग्रेस पार्टीमा जोडिन आग्रह गरेका छन । सभापति जोशिले नेपाली काङ्ग्रेस जनताको जस्तो सुकै दुखमा साथ दिन हरपल तयार रहेकाले काङ्ग्रेस संग जोडिन आग्रह गरेका हुन । नेपाली काङ्ग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन पार्टी सचीव अशोक उचै ठकुरीले गरेका थिए ।
जिल्ला कार्यसमितिको बैठक बसि “घर–घर जाऔं काङ्ग्रेस जिताऔं“ भन्ने अभियानलाई प्रभाबकारी बनाउन जिल्लाभरी ६१ जना प्रतिनिधि छनोट गरेको छ । यसैगरी पार्टी सभापति युवराज जोशिको संयोजकत्वमा १५ सदस्यीय अभियान अनुगमन समिती समेत गठन गरिएको पार्टी सचीव गुप्तनिधी शर्माले जानकारी दिएका छन ।









