२२ फागुन
मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकामा रहेको मानापाथी हिमालबाट पुनः हिमपहिरो खसेको छ । शनिबार खसेको हिमपहिरोका कारण चौँरीगोठ पुरिएको स्थानीयले बताएका छन् । हिमपहिरोबाट थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेको बताइएको छ । त्यहाँ ३९ वटा चौंरी थियो । १४ वटा चौँरी भने जिउँदै भेटिएको छ ।
हिउँदमा जाडो छल्न बेसी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो। मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ।
यसअघि गएको कात्तिक २९ गते पनि मानापाथी हिमालबाट हिमपहिरो खसेको थियो । तीन महिना नकट्दै पुनः सोही ठाउँमा हिमपहिरो खसेको हो ।









