२० फागुन
पर्वत । पर्वतको महाशिला गाउँपालिका-१ होश्राङदिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेसका कृयाशिल सदस्य एवं १४ औं महाधिवेशनका क्षेत्रीय प्रतिनिधि स्वर्गीय रनबहादुर राना (थमन) को निधन भएको ९ औं दिनको स्मृतिमा नेपाली कांग्रेस वडा कार्य समिती होश्राङदिले श्रद्धाञ्जली सभा आयोजना गरेको हो ।
शोक सभामा बोल्दै नेपाली कांग्रेस निवर्तमान केन्द्रिय सदस्य एवं संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले स्वर्गीय रनबहादुरको निधनले परिवार, समाज र कांग्रेसलाई ठूलो क्षती भएको बताउनु भयो । समाज बिकास र रुपान्तरणमा स्वर्गीय नरबहादुरले महत्वपूर्ण भुमिका खेलेको भन्दै नेता जोशिले यो ठाउँको बिकास र यहाँका नागरिकको समस्या समाधान गर्न आफू सधै लाग्ने बचनबद्द्ता व्यक्त गर्नुभयो ।
सभामा नेपाली कांग्रेस गण्डकी प्रदेस सदस्य एवं कुश्मा नगरपालिकाकि उपप्रमुख सीता काफले लामिछाने, नेपाली कांग्रेस पर्वतका पुर्व सभापति नवराज गुरुङ, नेपाली कांग्रेस पर्वतका सचीव गुप्तनिधी शर्मा, नेपाली कांग्रेस प्रदेश सभा (ख) क्षेत्रीय कार्य समितिका सभापति परविन गुरुङ, गण्डकी प्रदेशकि साँसद ललिताकला गुरुङ, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि बसन्तबहादुर सिके, महाधिवेशन प्रतिनिधि मोहन गुरुङ, नेपाली कांग्रेस महाशिला गाउँपालिका सभापति उज्ज्वल गुरुङ, नेपाली कांग्रेस पर्वतका नेता राम शर्मा पौडेल, नेपाल बिद्यार्थी संघ पर्वतका सभापति मिलन सुवेदी लगायतका नेताहरुले शोक मन्तव्य राख्नु भएको थियो ।
नेपाली कांग्रेस वडा कार्य समिती होश्राङदिका सभापति पदमबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन वडा कार्य समितीका सचीव भिमप्रसाद काफ्लेले गर्नु भएको थियो ।
स्वर्गीय रनबहादुरको फागुन १० गते भिरबाट खसेर निधन भएको थियो । उनका दुई छोरी, श्रीमती र आमा छन् । उनी गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यका प्रत्यसी उम्मेदवार समेत हुन् ।









