१२ फागुन

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको अलगाववादीको नियन्त्रणमा रहेको दोनबास क्षेत्रमा ‘सैन्य कारबाही’घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस कदमलाई रुसी सेनाको ‘अनुचित आक्रमण’ को संज्ञा दिएका छन् । उनले युक्रेनका जनतासँग पुरै विश्वको प्रार्थना रहेको बताएका हुन् ।

‘राष्ट्रपति पुटिनले पूर्वनियोजित युद्धको बाटोको राजेका छन् जसले मानव जीवनको विनाशकारी हानी र पीडा निम्त्याउनेछ,’ उनले भने, ‘यो आक्रमणले निम्त्याउने मृत्यु र तबाहीका लागि रुस एक्लै जिम्मेवार हुनेछ । अमेरिका र सहयोगी राष्ट्रहरूले यस कदमको विरुद्धमा एकताबद्ध र निर्णायकरुपमा प्रतिक्रिया जनाउनेछ । पुरै विश्वले रुसलाई जिम्मेवार ठहराउनेछ ।’