७ फागुन
एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा ११ बजेपछि बस्ने बैठकमा एमसीसीबारे छलफल गरेर निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।

‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसीे नै हो । यो भन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव तुलाधरले भने, ‘एमसीसीसँग जोडिएका अन्य कुराहरुमा गठबन्धनको भविष्य, हाम्रो भुमिकालगायतका बारेमा छलफल हुन्छ र निर्णयमा पुग्छौ ।

नेता तुलाधरले एमसीसी यथास्थितिमा पास गर्नुहुँदैन भन्ने पूर्ववत धारणा रहेको भन्दै यो  बीचमा पनि एमसीसीका सम्वन्धमा धेरै अध्ययन गरिएको बताए ।  ‘यो बीचमा धेरै अध्ययनहरु भएका छन, केपी ओलीले लुकाएका दस्तावेजको पनि अध्ययन भएको छ । उनीहरुले गरेका हर्कतहरुका बारेमा पनि भएका अध्ययनको संक्षिप्त रिपोर्ट पेश हुन्छ । त्यसैमा आधारित भएर स्थायी कमिटीका सदस्यहरुले धारणा राखेपछि निर्णयमा पुगिन्छ’, नेता तुलाधरको भनाइ छ ।