२२ माघ
प्यूठानको गौमुखी गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । नौबाहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिका लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बर जीप आज बिहान ३ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
यस्तै, दुर्घटनामा बेहुला, बेहुलीसहित पाँच जना घाइते भएका छन् । उनीहरुको बिजुवार अस्पतालमा उपचार भइरहेको छ । जीपमा १३ जना सवार रहेका थिए । बेहुलाको घर नजिकै पुग्दा जिप दुर्घटना भएको थियो ।
जिप सडकबाट तीन सय मिटर तल खसेको हो । बाटोमा पहिरो खसेका कारण दुर्घटना भएको अनुमान गरीएको छ दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।








