१६ माघ
पर्वत । नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा नं २ खुर्कोटको आयोजनामा टोल कार्यसमिति गठन गर्ने कार्य सम्पन्न भएको छ । खुर्कोटका साविक ९ वटा वडालाई टोल मानेर गठन गरिएको कार्यसमिति हिजो सम्पन्न भएको छ । साविक ९ वटा वडामा सभापती सहित वढिमा २१ जना सम्मको टोल कार्य समिति गठन भएको सभापती तिर्थ प्रसाद शर्माले जानकारी दिए । नेपाली कांग्रेसको विधान २०१७ को संसोधिन सहितको वुदामा उल्लेख भए वमोजिम टोल कार्यसमिति गठन भएको हो । कांग्रेसको १४औ महाधिवेशन सम्पन्न भए पश्चात सवैभन्दा आधारभुत ईकाई टोल कार्यसमिति भएकाले उक्त समिति गठन गरिएको हो ।

साविक वडामा कांग्रेसको संगठन विस्तार,टोलका समस्या,विकास निर्माणमा सहयोग,समस्याको माग गरि टोललाई वस्ती वस्नलायक वनाउने कांग्रेसको उद्धेश्य रहेको जिल्ला सचिव गुप्तनिधि शर्माले वताए । टोलको विकास विना वडा,गाउं र पालिकाको विकास सम्भव नहुने भएकाले टोलको विकासका लागी टोल कार्यसमितिको महत्वपूर्ण भुमिका रहेको वताउदै सक्षम टोल भएमा मात्र कांग्रेस वलियो हुने धारणा राख्नू भयो । हरेक टोल समृद्ध र सक्षम भए मात्र समाजवादको लक्ष्यमा पुग्न सकिने अवधारणा वमोजिम टोल कार्यसमिति चलायमान हुनुपर्ने उहांको तर्क रहेको थियो ।


यसै अन्तरगत हिजो नेपाली काग्रेस कुश्मा नगरपालिका वडा न २ साविक ५ मा जिल्ला सचिव गुप्तनिधि शर्माको प्रमुख आतिथ्यतामा टोल कार्यसमिति गठनभएको छ । जस्मा अध्यक्ष राम प्रसाद पौडेल,उपसभापती पोलराज पौडेल,सचिव ठाकुर पौडेल, सहसचिव निरूता परियार,कोषाध्यक्ष गिता पौडेल,सदस्यहरूमा अमृत वहादुर क्षत्री,सन्जय पौडेल,बालकृष्ण पौडेल,राजेन्द्र गिरी,सुमित्रा सुबेदी,कृष्ण शर्मा,जनकराज शर्मा,तुलसी पौडेल क्षत्री,लक्ष्मी गिरी र सिता क्षत्री रहेका छन् । सभापती तिर्थ प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन बडा सचिव गोविन्द प्रसाद रेग्मीले सचालन गरेका थिए । उक्त कार्यक्रममा नेपाली काग्रेस जिल्ला कार्यसमिति सदस्य शान्ति शर्मा कुमाल,कुश्मा नगरकार्यसमिति सहसचिव पुस्कल शर्मा,सदस्य नारायण गिरी लगायत क्रियाशिल सदस्यहरूको उपस्थिति रहेको थियो ।


त्यसै गरि साविक खुर्कोट वडा न २ मा छत्र वहादुर पौडेल क्षत्रीको अध्यक्षतामा १७ सदस्सीय समिति गठन भएको हो । उपसभापती दुर्गा शर्मा,सचिव कमल सुबेदी,सहसचिव मन बहादुर नेपाली,कोषाध्यक्ष श्याम बहादुर विश्वकर्मा,सदस्यहरूमा गोविन्द बहादुर क्षत्री,शान्ती शर्मासाही,लेख बहादुर नेपाली,दिनेश अर्याल,यमशर्मा पौडेल,लक्ष्मी शर्मा,मान वहादुर क्षत्री,ज्ञानु कुमारीपौडेल,गगा पौडेल, सविताश्रीस मल्ल ,नरमाया तमाड र भिम वहादुर नेपाली रहेका छन ।


उक्त भेलाको अध्यक्षता कुश्मा नगरपालिका वडा न २ का सभापती तिर्थ प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपसभापती नारायण शर्मा र संचालन सचिव पदम प्रसाद वास्तोलाले गरेका थिए । उक्त भेला नेपाली काग्रेस जिल्ला कार्यसमिति सदस्य शान्ति शर्मा कुमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा निवर्तमान क्षत्रिय सभापती गगाधर पौडेल,पुर्व जिल्ला सदस्य सरस्वती शर्मा जिज्ञासु,नेविसघका पुर्व जिल्ला अध्यक्ष कमल पौडेल,साधारण सदस्य मन बहादुर नेपाली लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा लोकतान्त्रीक गैसस महासघका जिल्ला अध्यक्ष गणेश बहादुर क्षत्री ,कर्मचारी यनियन सघका पुर्ब केन्द्रिय सदस्य बिमल शर्मा,बडा सचिव गोविन्द प्रसाद रेग्मी ,पदाधिकारीहरू,क्षत्रीय प्रतिनिधिहरू लगायतका कृयाशिल तथा सदस्यहरूको उपस्थितिरहेको थियो ।