२७ पुस
पर्वत । नेपाली कांग्रेस खुर्कोटले सबल वडा, सक्षम टोल निर्माणका लागी टोल कार्य समिति गठन अभियानको शुभारम्भ गरेको छ । कुश्मा नगरपालिका वडा न २ को खुर्कोटमा ३ वटा टोल कार्यसमिति गठन गरेको छ । कुश्मा नगरपालिका वडा नं २ खुर्कोटका साविक वडा न ६,८ र ९ मा टोल कार्यसमिति गठन भएको छ । हिजो र आज गरि गठन गरेको टोल कार्यसमितिमा साविक वडाका कृयाशिल तथा साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
साविक वडा न ८ मा सभापती हिरा वहादुर केसी,उपसभापती गिता पुरी,सचिव गोमा पौडेल,कोषाध्यक्ष शिता गीरी,सहसचिव सोभित क्षत्री,सदस्यहरु,राजेन्द्र क्षेत्री,वविता नेपाली,जमुना नेपाली,एकनारायण शर्मा,पवित्रा शर्मा,राधिका कडेल गिरी, साविक वडा नं ९ मा सभापती टोम प्रसाद चालिसे,उपसभापती यम कुमारी चालिसे,सचिव भागीरथ पौडेल,कोषाध्यक्ष टोलादेवी खत्री,सहसचिव नविन वहादुर क्षत्री,सदस्यहरु भिम वहादुर पौडेल,देवी चालिसे,मिना क्षत्री,केशव पौडेल,सीता पौडेल र अनिता पौडेल रहेका छन् । त्यसै गरि साविक वडा नं. ६ मा सभापती हरी प्रसाद उपाध्याय दिलिप प्रसाद रेग्मी,सचिव शारादा आचार्य रेग्मी,कोषाध्यक्ष दल वहादुर जिसी,सहसचिव कमला रेग्मी,सदस्यहरुमा लक्ष्मी देवी उपाध्याय,विष्णु रेग्मी,जानकी पौडेल,चिरन्जीवी पाध्या,कृष्ण कुमारी रेग्मी,गिता क्षत्री,नेत्र प्रसाद पाध्या,तुलसी पौडेल,भगे दर्जि र कर्ण वहादुर दर्जी रहेका छन् ।


उक्त कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य शान्ति शर्मा कुमाल,वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला, निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य तेजेन्द्र पौडेल, लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेश वहादुर क्षत्री,कुश्मा नगरकार्य समितिका सदस्य नारायण गिरी,लेखनाथ चालिसे,ट्रेड युनियन कांग्रेसका उपसभापती शिवराज शर्मा, शिक्षक संघका सचिव यज्ञ वास्तोला,वडा कार्य समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
वडा न २ का सभापति तिर्थ प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपसभापती हरी प्रसाद शर्मा रेग्मीले र संचालन सचिव पदम प्रसाद वास्तोलाले गरेका थिए । कार्यक्रममा धन्यवाद मन्तव्य उपसभापती नारायण प्रसाद शर्माले गर्नु भएको थियो ।


खुर्कोटमा वडा कार्यालय र पार्टीले सम्पन्न गरेका गतिविधिको वारेमा वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोलाले जानकारी गराउनु भएको थियो ।
वडा सचिव गोविन्द रेग्मीले पार्टी संगठनलाई बलियो बनाउनका लागि यस्तो अभियान सन्चालन गरेको बताउनु भयो । कांग्रेस पार्टीलाई वडामा सबल र सक्षम पार्टी बनाउन सबै तहका नेता तथा कार्यकर्ताहरु सक्रिय हुनुपर्ने भएकोले यो अभियानको आवश्यकता परेको बताउनु भयो ।
त्यस्तै सहसचिव निर्मल क्षत्रीले हामीले प्राप्त गरेको जिम्मेवारीलाई कर्मको रुपमा रुपान्तरण गरेर देखाउने बेला आएकोले पनि अभियान संचालन गरिएको बताउनु भयो ।
यो अभियान साविक ९ वटै वडामा पु-याउने वडा सभापती तिर्थ प्रसाद शर्माले वताउनु भयो ।