२६ पुस
पर्वत । पर्वतका सात स्थानीय तह र प्रदेश तथा संघीय सरकारी कार्यालयका गरी ६९ वटा मुद्धा दर्ता भएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका मुद्धा बढि रहेको पाईइको छ । आईतबार पर्वतको कुश्मामा भएको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धि जिल्लास्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रममा उत तथ्यांङक सार्वजानिक भएको हो । अख्तियारमा मुद्धा बढि पर्नेमा स्थानीय तह बढि छन् । विशेषगरी आर्थिक अनियमितता भएका, उपभोक्ता समितिवाट गरिएका कामहरुमा अपारदर्शिता भएका, सेवा प्रवाहमा विभेद गरिएका लगायतका मुद्धा बढि रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर कुमार सिलवालले गल्ति गर्नेलाई अख्तियारले कुनै हालतमा नछाड्ने बताउनुभएको छ ।आयुक्त सिलवालले भ्रष्टाचारमा संलग्न जो कोहि भएपनि कारवाहिको दायरमा आउने बताउनुभयो । राज्यका जिम्मेवार व्यक्ति र निकायमै भ्रष्टाचार मौलाउँदै गएको बताउँदै कानून सवैका लागि बराबर लागु हुन्छ भन्ने विषयमा हेक्का राख्न समेत आग्रह गर्नुभयो ।
विगतका दिनमा गल्तिनै नगर्ने व्यक्ति पनि अख्तियारमा परेको र दुख भोग्नु परेको गुनासाहरु छन् सिलवालले भन्नुभयो–‘तर अब जस्ले गल्ति गर्छ उसलाई मात्र हामीले कारबाहीको भागीदार बनाउछौ । उहाँले मातहत कर्मचारीले कुनै प्राविधिक विषयमा निणयार्थ छ भनेर हस्ताक्षर गरेपछि कार्यालय प्रमुखले गलत मनसाय नराखी प्रामणिकरण गरेको पुष्टि हुन्छ भने प्रमुखलाई अख्तियारले नसमात्ने बताउनु भयो ।
साथै उहाँले सम्पति सुद्धिकरणको मुद्दा लाई पहिलो प्राथमिकतामा राखेर छानविन गरिरहेको बताउनुभयो । सामान्य जागीर भएकाहरुले पनि छोटो समयमै अकुत धन आर्जन गरेका उजुरीहरु पर्न थालेको बताउँदै अख्तियारले सम्पत्ति सुद्धिकरण अभियानमा समेत तदारुकता देखाउने बताउनुभयो । सो अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रमुख कोषहरी निरौलाले पर्वतमा चालु आर्थिक वर्षमा भएका भ्रष्टाचारका मुद्धाको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जिल्लाको विकास निर्माण र सरकारी कार्यालयहरुको कामकाज र पारदर्शिताका लागि गरिएका प्रयासहरुका बारेमा जानकारी गराउनुभएको थियो ।








