२० पुस
पर्वत। पर्वतको राजनीतिक एवं सामाजिक व्याक्तित्व स्वर्गिय अमृतप्रसाद जोशीको १५ औँ स्मृति दिवश लाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न विभिन्न समितिहरु गठन भएका छन् । यहि पुष २३ गते मनाउन थालिएको स्मृति दिवशका कार्यक्रम लाई सफल बनाउन फरक फरक कामका लागि फरक फरक समिति बनाएर कामको बाँडफाँड गरिएको छ ।
अमृत जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षता तथा प्रमुख संरक्षक अर्जुनप्रसाद जोशीको उपस्थितीमा भएको बैठकले कार्यक्रमका लागि जिम्मेवारी बाँडफाँड गरेको हो । प्रतिष्ठानको बैठकले व्यानर तथा सम्मानपत्र निर्माणको जिम्मा कुलप्रसाद उपाध्याय, मंच व्यवस्थापनको जिम्मा पर्शुराम पुरी, माला व्यवस्थापनको जिम्मा ईश्वरी पाठकलाई दिएको छ । यस्तै चित्रकला शर्मा भारतीको संयोकत्वमा ४ सदस्यीय अतिथी सत्कार उपसमिति पनि गठन भएको छ । प्रचारप्रसार उपसमितिको संयोजक माया अधिकारी सहित नेपाल पत्रकार महासंघ र प्रेस यूनियन लाई दिईएको छ ।
स्मृति दिवशको पूर्वसन्ध्यामा पुष २० गते पर्वत अस्पतालका विरामीलाई फलफुल वितरण गरिने भएको छ । प्रतिष्ठानका सल्लाहकार कमलनाथ शर्माको संयोजकत्वमा फलफुल वितरण कार्यक्रम गरिने भएको छ । उक्त वैठकले पर्वतमा लामो समयदेखि पत्रकारिता संगै सामाजिक कार्यमा योगदान गर्दै आएका क्रियाशिल पत्रकारलाई सम्मान गर्ने कार्यको शुरुवात भएअनुसार पत्रकार ओमप्रसाद घायल र भोलानाथ शर्मालाई सम्मान गर्ने निर्णय समेत गरेको छ । साथै प्रतिष्ठान गठन गर्दा महत्वपूर्ण भूमिका खेलेका तत्कालिन शिवालय गाविसमा ६ वटा बन उपभोक्ता समितिलाई सम्मान र दोसल्ला ओढाएर अभिनन्दन गर्ने निर्णय भएको प्रतिष्ठानका सचिव माधव पौडेलले जानकारी दिनुभयो । कार्यक्रम गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको प्रमुख आतिथ्यतामा हुने भएको छ ।
बैठकमा बोल्दै प्रमुख संरक्षक एवं संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले अमृतप्रसाद जोशी सबैका साझा व्याक्ति रहेको हुनाले कार्यक्रमलाई साझा रुपमा मनाउन सुझाव दिनुभयो । उहाँले प्रतिष्ठानले आज सम्म गर्दै आएका रचनात्मक कार्यक्रमले आफु प्रभावित भएको भन्दै आगामी दिनमा पनि समाजप्रति अझै उत्तरदायी भएर काम गर्न सल्लाह दिनुभयो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन सचिव माधव पौडेलले गर्नुभएको थियो ।








