१८ पुस

पर्वत । यहाँको एक युवा क्लवले ज्याकेट वितरण गरेको छ । सामजिक कार्यमा सक्रिय एकता युवा क्वलले फलेवास नगरपालिका– ४ मुडिकुवाका ६५ विपन्नलाई न्यानो कपडा वितरण गरेको अभियानका संयोजक अर्जुन पुरीले जानकारी दिनुभयो । पुसको कठ्याङग्रिदो जाडोबाट बच्नका लागि एकता युवा क्लबले थालेको न्यानो कपडा वितरण अभियान अन्तर्गत मुडिकुवाका विपन्नलाई न्यानो कपडा हस्तान्त्रण गरेको हो । अभियान अन्तर्गत शुक्रवार क्वलले मुडिकुवा रुग्दीका ३० जना विपन्नलाई न्यानो सिरक वितरण गरेको थियो ।

क्लवले स्थानीयको अवस्था र मागको आधारमा कार्यक्रम बनाए र न्यानो अभिायन सञ्चालन गरेको कल्वका अध्यक्ष विजय चापागाईले बताए । क्लबका संस्थापक सल्लाहकार वसन्त सिकेको प्रमुख आतिथ्ययतामा न्यानो अभियान समापन्न भएको हो । नेपाली काङग्रेस पर्वतका सह सचिब तथा क्लवका पुर्व अध्यक्ष अच्युत तिवारीको पहलमा आर्थिक स्रोत जुटाएर कार्यक्रम विपन्नको आङ ढाक्न पाएका कल्वका अध्यक्ष विजय चापगाइँले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सचिव ठाकुर रसाईली, नेपाली काङ्ग्रेस फलेवास नगरपालीकाका सभापती हिरामणि सापकेटा, नगर उपासभापती ओम गौडेल, दलित संघ पर्वतका सभापति याम परियार ‘शिव’, क्लवका उपाध्यक्ष गोकुल चापागाई,स्थानिय लिलाधर गौडेल युवनाथ गौडेल, धनेश्वर भुसाल लगायतको शुभकामना मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन कल्वका सचिव अमृत पोख्रेलले गरेका थिए ।