१७ पुस
पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा अवस्थित हिमालय माध्यामिक विद्यालयको ५६ औ वार्षिकउत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ । वार्षिक उत्सवलाई सम्वोधन गर्दे कुश्मा नगरपालिकाका मेयर रामचन्द्रजोशीले प्राविधकि शिक्षा विना स्वरोजगार संभव नभएको वताउनु भयो । मानिसको चेतनाको पहिलो आधार शिक्षा हो ,शिक्षाले ज्ञान वृद्धि गर्छ समाजलाई रुपान्तरण गर्दछ । शिक्षालाई अव स्वरोजगार तर्फ पनि जोड्न जरुरी रहेको वताउनु भयो । अहिले धेरै विद्यार्थीहरु अध्ययन पश्चात के गर्ने भनेर भौतारिरहेको अवस्था छ । यस्तो अवस्थामा आफै ईलम गर्न सक्ने प्राविधिक शिक्षा दिन सकेमा जागीरका लागी कसैको मुख ताक्न नपर्ने वताउनूभयो । हिमालय मा वि भौतिकरुपमा सम्पन्न भएकाले अव प्राविधिक शिक्षा संचालनका लागी सवै लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा कुश्मा नगरपालिकाका उप प्रमुख सीता काफ्ले लामिछानेले कुश्मा नगरका माध्यामिक विद्यालयहरुमा राम्रो व्यवस्थापन भएको उक्त विद्यालयको थप प्रगतिका लागी शुभकामना व्यक्त गर्नु भयो । निजि विद्यालय मात्रै हैन सामुदायिक विद्यालयमा अध्ययन गरेर पनि प्रगती गर्न सकिन्छ भन्ने विश्वास दिलाउने गरि कार्य गर्न शिक्षकहरुलाई अनुरोध गर्नु भयो ।

कार्यक्रममा कुश्मा नगरपालिका वडा न २ का वडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला,नगरशिक्षा अधिकृत अर्जुन पौडेल,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शेषराज रेग्मी,हेमशर्मा पौडेल,स्वर्ण महोत्वसव समितिका संयोजक गंगाधर पौडेल,विद्यालयका पूर्वप्रधानध्यापक द्रोणराज पौडेल,नारायण मा वि का प्र अ गोविन्द प्रसाद पोख्रेल,कालिका मा वि का प्रअ वावुराम पौडेल,पाङ्ग धैरेनी माविका प्रअ गुणराज पौडेल,पूर्व विद्यालय व्यवस्थापन समितिका सदस्य डिल्लीराम पौडेल,साहित्यकार सरस्वती शर्मा जिज्ञाशु,पूर्व विद्यार्थी विवेक गिरी,विद्यार्थीहरु सरोज सुवेदी,अन्जु गिरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा अभिभावक चुडामणी शर्मा,शिक्षकहरु प्रेम प्रसाद रेग्मी,प्रकाश पौडेल,टंक प्रसाद शर्मा,कृष्ण प्रसाद रेग्मी र मृत्यू परान्त पूर्व शिक्षक स्वर्गिय थानेश्रर शर्मालाई सम्मान गरिएको थियो ।
सोहि अवसरमा हिमलय तारा स्मृति कोष वाट २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसै गरि चक्रपाणी,डम्मरकुमारी उपाध्याय स्मृतिकोष वाट कोषका संरक्षक द्रोणराज पौडेलले छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।
विद्यालयका प्रधानध्यापक माधव शर्माले विद्यालयमा वर्षभरी सम्पन्नभएका गतिविधिहरुको वारेमा जानकारी गराउनु भएको थियो । विद्यालयमा आ व ०७७,०७८ को ४ करोड ८५ लाख ९९ हजार ७ सय ४ रुपैया ७१ पैसाको आय व्याय विवरण पेश गर्नु भएको थियो । विद्यालयको धनधान्यचलकोषको ६० लाख ६५ हजार रकम नेपाल वैक लिमिटेड पर्वतमा एक वर्षे मुद्धतीखातामा जम्मा गरेको,चालु खातामा ४ हजार ८ सय र २५ लाख उठ्न वांकी जानकारी गराउनु भएको थियो ।

विचविचमा विद्यार्थीहरुको सास्कृतिक कार्यक्रम प्रस्तुत गरि मनाईएको उक्त वार्षिक उत्सव तथा अभिभावक दिवशको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रराज रेग्मी,स्वागत शिक्षक घनश्याम पौडेल र संचालन शिक्षक यज्ञनाथ वास्तोलाले गर्नुभएको थियो ।
कार्यक्रममा विद्यार्थी र अभिभावकको उल्लेख्य उपस्थिति रहेको थियो ।








