१४ पुस
पर्वत। अंग्रेजी नयाँ वर्षको अवसरमा पर्वतको कुश्मा बजार बन्जी साइडमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । पर्यटन प्रबद्र्धनका लागि कुश्मा पर्यटन क्षेत्र विकास संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
नेपालीहरुको विशेष दिन समेत रहेको पुष १५ र १६ गतेका लागि लाईभ कन्सर्टसहित लोकगीत सहितको सांगितिक साँझ बन्जी जम्प रहेको क्षेत्रको सडकमा आयोजना हुँदै छ ।
स्ट्रीट फेस्टिबलकै शैलीमा सञ्चालन र व्यवस्थापन हुन लागेको आयोजक कुश्मा पर्यटन विकास संस्थाका अध्यक्ष बम बहादुर पुनले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । उहाँका अनुसार तारा श्रीस, प्रकाश दूतराज, मार्मिक लामा सहित स्थानीय ब्यान्ड र अन्य कलाकारहरुलेसांगितिक कोसेलीहरु पस्किने छन् ।
कार्यक्रममा रिडोम्स ब्यान्डको प्रबन्ध निर्देशक सन्दिप बस्यालले कोरोना कहरका कारण कमजोर अवस्थामा पुगेको पर्यटन व्यवसायलाई लयमा फर्काउन तथा कुश्मा क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकासगरि धेरै पर्यटकहरुलाई पर्वत भित्रिने वातावरण निर्माण गर्नका लागि पनि इभेन्टको आयोजनाको गरिएको बताउनुभयो ।
यस्तै उक्त सांगितिक कार्यक्रममा पुष १५ र १६ का दिन दिउसो दुई बजेदेखि रातीको १० बजेसम्म चल्ने छ । त्यस्तै उक्त अवधिमा बन्जी जम्प क्षेत्रमा रहेका होटलहरुले सडक पेटीमा नै खाना तयार पारेर पाहुनालाई खुवाउने समेत जनाएको छ । साथै कार्यक्रमको तयारी तीब्र गतिमा भइरहेको बताउनुभयो ।








