८ पुस
पछिल्लो २४ घन्टामा देशभरका २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा ९ हजार ५१० पिसिआर र २ हजार ११६ एन्टिजेन गरी कूल ११ हजार ६२६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २६३ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा दुई जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ रहेको मन्त्रालयले जनाएको छ ।








