४ पुस

पछिल्लो २४ घन्टामा देशभरका १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार पछिल्लो २४ घन्टामा ४ हजार ८३१ पिसिआर र ५ हजार ४१ एन्टिजेन गरी कूल ९ हजार ८७२ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका २८९ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा एक जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २७१ रहेको मन्त्रालयले जनाएको छ ।