२१ मंसीर
पर्वत । चर्चित लोकदोहोरी गायक विमलराज क्षेत्रीले नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा काँग्रेस केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका छन् । पर्वतवाट महाधिवेशन प्रतिनिधिमा अत्याधिक मत वाट विजय भएका क्षेत्रीले काँग्रेसको खुल्ला केन्द्रिय सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।
विगत पच्चिस वर्ष देखि सक्रिय राजनिति र बाईस वर्ष देखि कलाकारीता सक्रिय रहेका क्षेत्री चौधौ महाधिवेशनमा देशैभरीवाट महाधिवेशन प्रतिनिधि हुने कलाकारहरु मध्ये खुल्ला तर्फवाट पहिलो निर्वाचित कलाकार हुन ।
उनले काँग्रेसका थुप्रै गितमा स्वर भरेका छन् । कलाकारिता सँगै उनमा काँग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध भएर काम गरेको लामो अनुभव छ । उनी नेपाल ट्रैड युनियन काँग्रेसका पूर्व केन्द्रिय सदस्य समेत हुन् । क्षेत्री संस्थापनइतर समुहनिकट मानिन्छन् ।
कांग्रेस महाधिवेशन यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा हुनेछ








