१५ मंसीर
पर्वत । कुश्मा नगरपालिका वडा न २ मा कोत कालिमा मन्दिरको प्रथम अधिवेशन सम्पन्न भएको छ । खुर्कोटमा रहेको ऐतिहासीक कोत कालिका मन्दिर पुनरनिर्माणका लागी जिल्ला प्रशासन कार्यालयमा तदर्थ समिति गठन भई दर्ता भएको थियो । विधान वमोजिम ६ महिनामा सम्पन्न गर्नुपर्ने प्रथम अधिवेशन आज सम्पन्न भएको हो । साधारण सभाले मिन वहादुर रेग्मीको अध्यक्षतामा १३ सदस्यीय समिति निर्वाचित गरेको छ । उपाध्यक्ष शेषराज रेग्मी,सचिव तिर्थप्रसाद शर्मा,कोषाध्यक्ष शान्ति शर्मा कुमाल,सह सचिव देवराज पौडेल,सदस्यहरु लाल कृष्ण वास्तोला,द्रोणराज रेग्मी,झलक पौडेल,गोविन्द नेपाली,गिता पौडेल,चुमान पुरी,यम कुमारी जैशी र लक्ष्मी पुरी सर्वसम्वत निर्वाचित भएका छन् ।


गंगाधर पौडेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । सदस्यहरु यदुनाथ शर्मा,गुप्तनिधि शर्मा,वावुराम शर्मा,कमलराज पौडेल,गणेश वहादुर क्षेत्री,ऋषिराम सुवेदी रहेका छन् ।
उक्त साधारण सभामा कोषाध्यक्ष शान्ति शर्मा कुमालले पेश गरेको ६७ लाख २७ हजार ४ सय ५५ रुपैयाको आय व्याय विवरण साधारण सभाले पास गरेको छ ।
निर्वाचन सम्पन्न गर्नका लागी गंगाधर पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको थियो । सदस्यहरुमा लिलाराज पौडेल,वावुराम शर्मा रहेका थिए ।
मल्लकालिन कोत मन्दिर जिर्ण हुदै गए पछि स्वतस्फुर्त रुपमा नागरिकहरुले अभियान संचालन गरेर ६७ लाख २७ हजार ४ सय ५५ रुपैया संकलन गरेका छन् । जस्मा उठ्न वांकी ३० लाख ८४ हजार ७ सय ३७ रहेको छ भने वैकमा ३३ लाख १४ हजार ३ सय ८ रुपैया जम्मा भएको छ । साविक खुर्कोट गाविस हाल कुश्मा नगरपालिका वडा नं. २ का ८७७ जना सदस्यहरुवाट उक्त रकम संकलन भएको हो । अमेरीका,जापान,युरोप,दुवै र मलेसीया लगायतका देशहरुमा रोजगारी वा उच्चशिक्षा हासीलका लागी गएका युवाहरुले पनि आर्थिक संकलनका लागी अभियान नै संचालन गरेका छन् । विदेशमा रहेका युवाहरुले आपनै जन्मस्थलको कोत कालिका मन्दिर पुनरनिर्माण गरि धार्मिक तथा पर्यटकिय आकर्षणको केन्द्र वनाउने लक्ष्य अनुरुप संचालन गरेको अभियान वाट ५० लाख भन्दा वढी रकम संकलन भएको नेपालका लागी अन्तराष्ट्रिय समन्वयका सदस्य यम वहादुर रेग्मीले जानकारी दिए । विदेशम सहयोग संकलन गर्ने कार्य जारी रहेको वताउदै उनले अन्य देशहरुमा पनि समन्वय भईरहेको वताए ।
साविक खुर्कोट गाविस निवासी सवैको अपनत्व र कोत कालिका संग सवैको मन जोड्नका लागी अभियान नै संचालन गरिएको थियो । विधान वमोजिम समितिले साधारण सदस्यका लागी १ हजार,आजिवन सदस्यका लागी ५ हजार र विशिष्ट सदस्यका लागी १५ हजार र मानर्थ सदस्यका लागी ५० हजार भन्दा माथी सहयोग संकलनका लागी स्वच्छिक आह्वान गरेको थियो । आश्विन ३० गते देखी संचालन भएको अभियानमा ८७७ जना सदस्यता वितरण गरिएको थियो ।
सदस्यता वितरण गर्ने र अभियान निरन्तरता दिईरहने समितिका सचिव तिर्थ प्रसाद शर्माले जानकारी दिए ।
कोत कालिका मन्दिरको पुनरनिर्माणका लागी झण्डै ३ करोडको डिपिआर तयार गरि भिन्न भिन्न भाग क्रमश निर्माण गर्दे जाने समितिका अध्यक्ष मिन वहादुर रेग्मीले जानकारी दिए ।
कोत कालिका मन्दिर निर्माणका लागी साविक खुर्कोटका ९ वटै वडाका घरधुरीहरुको सकृय सहभागिता रहेको देखिएको छ । नवनिर्वाचित समितिले मन्दिरको पुनरनिर्माण कार्य दुर्तगतिमा संचालन गर्ने वताएको छ ।
हाल सम्म सवै प्रकारका ८७७ जनालाई सदस्यता वितरण गरिएको आर्थिक समितिका संयोजक देवराज शर्माले जानकारी दिए ।