११ मंसीर
कुश्मा । नेपाली कांग्रेस पर्वतको जिल्ला सभापतिमा युवराज जोशी निर्वाचित भएका छन् । शुक्रबार बिहान प्राप्त अन्तिम नतिजाअनुसार जोशी ६०९ मतसहित निर्वाचित भएका हुन् । जोशीसँग यामबहादुर मल्ल ‘रामकृष्ण’ पराजित भएका छन् । मल्लले ४४९ मत पाएका थिए । जोशी र मल्लबीच जम्मा १६० मतको फरक थियो । सभापतिमा अर्का उम्मेदवार मिलन सुवेदीले ९६ मत पाएका थिए ।
अधिवेशनबाट उप–सभापतिमा डा.चुडामणि शर्माले ६९१ र शिव प्रसाद सुवेदी ५६५ मत पाएर विजयी भएका छन् ।
सचिवमा अशोक उचै ठकुरीले ५७३ र गुप्तनिधि शर्माले ३७३ तथा सह–सचिवमा अच्युत तिवारीले ६५८ र तिलकप्रसाद भुसालले ४१९ मत ल्याएर विजयी भएका छन् ।
सदस्यहरूमा ओम गिरी, प्रमोद पाण्डे, कुलप्रसाद शर्मा विजयी भएका छन् । लक्ष्मीदेवी बैरागी, हेम शर्मा पौडेल, जगतशंकर पौडल, प्रकाश आचार्य, मुकुन्द गौतम, रामचन्द्र तिवारी पनि सदस्यमा विजयी भएका छन् ।
भोर्ले सार्की, मनमाया नेपाली, राजु विक, लेखबहादुर थापा, शान्ति शर्मा कुमाल पनि जिल्ला सदस्यमा विजयी भएका छन् ।जिल्ला सदस्यमा लक्ष्मीकुमारी हमाल, कमलाकुमारी शर्मा, सावित्री खत्री क्षेत्री, विषमकुमार श्रेष्ठ, गुप्तप्रताप सेन, तुलसीदेवी तिवारी न्यौपाने, टीकाराम भुसाल, लक्ष्मी आचार्य, भुलबहादुर पौडेल, लक्ष्मी मेधासी, कला भट्टराई, पार्वती क्षेत्री भुसाल निर्विरोध भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा सीता कुमारी काफ्ले लामिछाने, मुना भुसाल, रेखा गुरुङ, राधाकुमारी कुँवर क्षेत्री, रामचन्द्र जोशी, नवराज गुरुङ, खगेन्द्रप्रसाद तिवारी, गंगाधर तिवारी, विद्वान गुरुङ, ऋषिकेश तिवारी, विमलराज क्षेत्री, राजेन्द्रप्रसाद तिवारी, वसन्तबहादुर सिके, खिमप्रसाद भुसाल, खैसरा दर्जी, जितबहादुर नेपाली, मुना शर्मा लामिछाने, मीनाकुमारी केसी, सृजना मल्ल, तोरण मल्ल ठकुरी, डा.केदार सुवेदी, कुलप्रसाद उपाध्याय, मीना कर्माचार्य, मोहनबहादुर गुरुङ, लेखनाथ पौडेल, सनम बेगम ( निर्विरोध ) निर्वाचित भएका छन् ।
सभापतिमा निर्वाचित जोशी र पराजित भएका मल्ल दुबै सभापति शेरबहादुर देउवा निकटका हुन् । मल्ललाई देउवा निकटका नेता नवराज गुरुङसहितका नेताहरूको समर्थन थियो । मल्ललाई नेता रामचन्द्र पौडेल समूहले पनि समर्थन गरेको थियो ।
प्रमाणपत्र वितरण कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशी लगायत जिल्लाका नेता तथा कार्यकर्ता बाक्लो उपस्थिती रहेको थियो ।
यता सभापतिका पत्यासी यामवहादुर मल्ल ‘रामकृष्ण’ ले मतपत्र छपाई संख्यामा आशंका व्यक्त गदै मतपत्र संख्या गणना हुनुपर्ने माग गर्नुभएको छ । निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा मल्लले मतपत्र संख्या गणना हुनुपर्ने माग राखेपछि केही समय कार्यक्रम स्थालमा हल्लाखल्ला मच्चिएको थियो ।








