२ मंसीर
पर्वत । नेपाली काँग्रेस पर्वतको जिल्ला तथा क्षेत्रीय अधिबेशनका लागि तयारी बैठक सम्पन्न भएको छ । सभापति खिमप्रसाद भुसालको संयोजकत्वमा अधिबेशन आयोजक मुल समिति गठन भएको छ । समितिमा साँसदहरु, पूर्व सांसदहरु, जिल्ला कार्यसमितिका पदाधिकारी, महासमिति सदस्य, महाधिबेशन प्रतिनिधी, स्थानीय तहका प्रमुखहरु, भातृ संस्था तथा शुभेक्षुक संस्थाका का प्रमुख सहित भुसालको संयोजकत्वमा १५१ सदस्यीय मुल समिति गठन भएको हो ।

वैठकले विभिन्न उपसमिति पनि गठन गरेको छ । आर्थिक तथा भोजन व्यवस्थापन समितिमा जिल्ला कार्यसमिति सदस्य विषमकुमार श्रेष्ठको संयोजकत्वमा गठन भएको छ । प्रचारप्रसार समितिमा प्रेस यूनियन जिल्ला कार्यसमिति लाई जिम्मा दिईएको छ । स्वास्थ्य तथा हेल्थ डेस्क समितिमा स्वास्थ्यकर्मी संघका अध्यक्ष यामप्रसाद शर्मा, मन्च व्यवस्थापनका नेपाली कांग्रेस कुश्मा नगर समिति र वडा नं. ४,५,६ र ७ का सभापतीहरुलाई तोकिएको छ । स्वयम सेवक परिचालन तरुणदल र भुपुसैनिक संघलाई जिम्मा दिईएको छ ।
सबै क्षेत्रको समन्वय गर्ने गरि सभापति भुसालको नेतृत्वमा वर्तमान तथा पूर्व सांसदहरु,पूर्व पार्टी सभापतीहरु रहेको समन्वय तथा अनुगमन समिति गठन गरेको छ । समन्वय समितिले आकांक्षीहरुको विचमा सम्बाद र छलफल गर्ने भएको छ । सकेसम्म सहमती गर्नका लागि प्रयास गरिने सभापति भुसालले बताउनुभयो । सर्वसम्मत नेतृत्व चयन गर्दा सवैका विचमा सहकार्यको सन्देश दिन चाहेको पनी बताउनुभयो ।
कार्यक्रममा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले सबैको सहयोगले महाधिबेशन सफल हुने बताउनुभयो । नेतृत्वमा आउन सबैलाई खुल्ला हुने भएकाले स्वाभाविक रुपमा आकांक्षी धेरै भएपनि अन्तत सिमित व्याक्ति मात्रै नेतृत्वमा आउने भएकाले मिलेर उम्मेदवार बन्न सुझाव दिनुभयो । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले अन्य पार्टीलाई समेत उदाहरण दिने गरि नेतृत्व चयन गर्न सबैले आफ्नो आफ्नो क्षेत्रबाट त्याग गर्न अनुरोध गर्नुभयो ।
वैठकले महाधिबेशनमा उम्मेदवार बन्नेहरुका लागि मनोनयन शुल्क समेत तोकेको छ । पार्टीले उक्त शुल्क लाई सहयोग शुल्क नाम दिएको छ । जिल्ला सभापतिका लागि ५० हजार, महाधिबेशन प्रतिनिधी र जिल्ला कार्यसमितिका पदाधिकारीका लागि २५ हजार तोकिएको छ । जिल्ला सदस्यहरुका लागी १० हजार तोकिएको छ । क्षेत्रीय सभापतिमा १५ हजार र प्रतिनिधीका लागि १० हजार तोकिएको छ ।
कार्यक्रममा संघीय साँसद लालकाजी गुरुङ, सचिव विश्वप्रकाश प्रसाई लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव अशोक उचै ठकुरीले गर्नुभएको थियो । यहि मंसीर ६ गते हुने जिल्ला अधिवेशनका लागी ६१ वडाका १२ सय ६५ क्षत्रिय प्रतिनिधिहरुले भाग लिने जिल्ला सचिव अशोक उचै ठकुरीले जानकारी दिनुभयो ।