१ मंसीर

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)का पूर्व शीर्ष नेता झाङ गाओलीले गरेको यौन दुर्व्यवहारका विषयमा बोलेपछि टेनिस स्टार पेंग सुई सम्पर्कविहीन भएकी छिन् ।

हाल अवकाशमा रहेका ७५ वर्षीय झाङ गाओली सन् २०१२ देखि सन् २०१७ सम्म चिनियाँ राष्ट्रपति सी चिनफिङको पहिलो कार्यकालका बेला सीसीपीको सात सदस्यीय पोलिटीब्युरो स्थायी समितिका सदस्य रहेका थिए ।

३५ वर्षीय टेनिस स्टार सुईले ट्विटर जस्तै चिनियाँ सामाजिक सञ्जाल विइबोमा पोस्ट गर्दै नोभेम्बर २ मा आफूमाथि भएको दुर्व्यवहारको खुलासा गरेकी थिइन् । त्यसयता उनी सार्वजनिकरुपमा देखा परेकी छैनन् ।

सुई सम्पर्कविहीन भएपछि वुमेन टेनिस एसोसिएनसले अनुसन्धानका लागि माग गरेको छ भने, विश्वकै नम्बर वान टेनिस प्लेयर जापानकी नाओमी ओसाकाले बुधवार विज्ञप्ति जारी गर्दै ‘सुई र सुईको परिवारको सुरक्षाको माग गर्दै यो कुनै हालतमा पनि स्वीकार्य नहुने’ बताएकी छिन् ।