२८ कार्तिक
पर्वत । नेकपा(एमाले)को दशौं राष्ट्रिय महाधिबेशनका लागि पर्वतबाट १३ जना प्रतिनिधी सर्वसम्मत रुपमा निर्वाचित भएका छन । निर्वाचन समितिले उमेदवार र पार्टी नेताहरुको प्रयासबाट सर्वसम्मत निर्वाचित भएका १३ जना प्रतिनिधीको नाम आइतबार बिहान सार्वजनिक गरेको हो ।
महाधिबेशनमा खुल्लाबाट जिल्ला अध्यक्ष पदम गिरी, प्रदेशसभा सदस्य बिकास लम्साल, जिल्ला उपाध्यक्ष भक्त कुवँर, सचिब पदमपाणी शर्मा, उपसचिब गोबिन्द पहाडी, गण्डकी प्रदेश कमिटी सदस्य राजु पौडेल र मित्रलाल बस्याल निर्वाचित भएका छन ।
यसैगरी महिला तर्फ प्रदेश कमिटी सदस्य कमला पन्त र शारदा शर्मा तथा अनिता रेग्मी निर्वाचित भएका छन भने दलित तर्फ प्रदेश सचिबालय सदस्य मनोहर बि पौडेल र जिल्ला कार्यालय सचिब शिबलाल सार्की तथा दलित महिला तर्फ जिल्ला समन्वय समिति सदस्य शर्मिला नेपाली निर्वाचित भएका छन ।
प्रतिनिधी छनौटमा सहमति गर्दा केही अग्रज नेताहरु वाहिरीएका छन् । पुर्व बैकल्पिक केन्द्रिय सदस्य कल्पना चापागाई,प्रदेश कमिटीका सचिबालय सदस्य प्रेमकुमार लामिछाने, प्रदेश कमिटि सदस्य देबेन्द्रराज पाण्डे, शान्त पौडेल, हिराकुमारी शर्मा ,जुनादेबी नेपाली, बिहादी गाउँपालिका अध्यक्ष कमल भुसाल,फलेवास नगरपालिकाकी उप प्रमुख मञ्जुअधिकारी लगायतका नेताहरु बाहिरीनु परेको छ । प्रतिनिधी छनौटका लागि १३ जनाको ठाउँमा ४६ जनाको उमेदवारी परेको थियो ।








