६ कार्तिक
पर्वत । कुश्मा नगरपालिका वडा न २ खुर्कोटमा रहेको ऐतिहासीक कोत कालिका मन्दिर पुनरनिर्माणका लागी नागरिक अभियान शुरु भएको छ । मल्लकालिन कोत मन्दिर जिर्ण हुदै गए पछि स्वतस्फुर्त रुपमा नागरिकहरुले अभियान संचालन गरेका हुन । विषेश गरि अमेरीका,जापान,युरोप,दुवै र मलेसीया लगायतका देशहरुमा रोजगारी वा उच्चशिक्षा हासीलका लागी गएका युवाहरुले यो अभियानको शुरुआत गरेका थिए । विदेशमा रहेका युवाहरुले आपनै जन्मस्थलको कोत कालिका मन्दिर पुनरनिर्माण गरि धार्मिक तथा पर्यटकिय आकर्षणको केन्द्र वनाउने लक्ष्य अनुरुप स्वदेशमा पनि अभियान संचालन गरिएको छ ।

हाल सम्म अमेरीका,जापान,युरोप,दुवै र मलेसीया लगायतका देश हरु वाट ५० लाख भन्दा वढी रकम संकलन भएको नेपालका लागी अन्तराष्ट्रिय समन्वय सदस्य यम वहादुर रेग्मीले जानकारी दिए । विदेशम सहयोग संकलन गर्ने कार्य जारी रहेको वताउदै उनले अन्य देशहरुमा पनि समन्वय भएको वताए ।
त्यसै अनुरुप स्वदेश विषेश गरि साविक खुर्कोट गाविस निवासी सवैको अपनत्व र मायाको केन्द्र वनाउनु पर्दछ भनि कोत कालिका निर्माण समिति वैधानिक रुपमा दर्ता गरि नागरिक अभियान संचालन गरिएको छ । विधान वमोजिम समितिले साधारण सदस्यका लागी १ हजार,आजिवन सदस्यका लागी ५ हजार र विशिष्ट सदस्यका लागी १५ हजार र मानर्थ सदस्यका लागी ५० हजार भन्दा माथी सहयोग संकलनका लागी स्वच्छिक आह्वान गरेको छ । विजयदशमीको भोली पल्ट आश्विन ३० गते देखी संचालन भएको अभियान आज आठौ दिन सम्म निरन्तर संचालन भएको छ । जुन अभियान वाट आज सम्म २९ लाख ८९ हजार ४ सय १० संकलन भएको छ ।

ख्ुर्कोटका साविक १,५,६,७,८ र ९ वडामा केहि छुटफुट घरधुरी वाहेक अभियान सम्पन्न भएको छ । आज संचालन भएको अभियानमा कुश्मा नगरपालिका वडा नं. २ का वाडा अध्यक्ष यदुनाथ शर्मा वास्तोला,पनरनिर्माण समितिका सचिव तिर्थ प्रसाद शर्मा,कोषाध्यक्ष शान्ति शर्मा कुमाल,आर्थिक समितिका संयोजक देवराज शर्मा लगाएत डिल्लीराम शर्मा, गुप्तनिधि शर्मा,कमलराज पौडेल,प्रेम वहादुर रेग्मी,गण्ोश वहादुर क्षेत्री,कृष्ण प्रसाद पौडेल,लालकृष्ण वास्तोला,यज्ञ प्रसाद वास्तोला, खुर्कोट स्वास्थ्य चौकीका ईन्चार्ज टेक नारायण सुवेदी,हरि प्रसाद शर्मा,लाल वहादुर क्षेत्री,टिकाराम वास्तोला लगायतको टोलीले घरदैलो गरेको थियो । भोलि साविक वडा नं. २ वाट अभियान संचालन गरि ३ र ४ वडामा पुग्ने समितिका सचिव तिर्थ प्रसाद शर्माले जानकारी दिए ।

कोत कालिका पुनरनिर्माणका लागी मिन वहादुर रेग्मीको अध्यक्षतामा १५ सदस्सीय समिति गठन भई जिल्ला प्रशासन कार्यालय पर्वतमा दर्ता भई सकेको छ । जस्मा उपाध्यक्ष शेषराज रेग्मी,सचिव तिर्थ प्रसाद शर्मा र कोषाध्यक्षमा शान्ति शर्मा कुमाल रहेका छन् । आर्थिक समितिको संयोजकमा देवराज शर्मा रहेका छन् साविक वडा अनुसारको प्रतिनिधि रहने गरि मुल समिति,आर्थिक समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।
कोत कालिका मन्दिरको पुनरनिर्माणका लागी झण्डै ३ करोडको डिपिआर तयार भएको छ । उक्त डिपिआर वमोजिमका संरचना निर्माण गर्नका लागी साविक खुर्कोट वाट ५० लाख,विदेश वाट १ करोड ५० लाख र संघिय,प्रदेश र स्थानिय सरकार वाट १ करोड रकम जम्मा गर्ने लक्ष्य लिएको आर्थिक समितिका संयोजक देवराज शर्माले जानकारी दिए ।
कोत कालिका मन्दिर निर्माणका लागी साविक खुर्कोटका ९ वटै वडाका घरधुरीहरुको सकृय सहभागिता रहेको देखिएको छ । आर्थिक सहयोग संकलनका लागी सवैले स्वतस्फर्त रुपमा उत्साह देखाई सहयोग गरेका छन् ।
कोत कालिका मन्दिर निर्माण समिति दर्ता भई तदर्थ समिति गठन भएकाले विधान वमोजिम प्रथम अधिवेशन कार्तिक १८ गते वडा कार्यालय ढाणमा सम्पन्न गर्ने तदर्थ समितिले जानकारी दिएको छ । उक्त अधिवेशन पछि गठन हुने समितिले मन्दिरको निमाण कार्य दुर्तगतिमा संचालन गर्ने जानकारी प्राप्त भएको छ ।
हाल सम्म ९८ जना साधारण सदस्य २०७ जना आजिवन सदस्य,११५ जना विशिष्ट सदस्य र २ जना मानर्थ सदस्य वितरण गरिएको छ ।
https://fb.watch/8PWZNJtvod/








