३१ भदौं

नेपाली कांग्रेसले काठमाडौंलगायत थप ७ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले काठमाडौं, काभ्रे, कपिलवस्तु, बाजुरा, मोरङ, सिन्धुपाल्चोक र बर्दियाका क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ। क्रियाशील सदस्यता विवादित रहेका २१ जिल्लामध्ये ७ जिल्लाको नाम पार्टीको  राखिएको छ। कांग्रेसले यसअगाडि ५६ जिल्लामा वडा अधिवेशन गरिसकेको छ।

सबैभन्दा धेरै विवाद प्रदेश नम्बर २ मा छ। प्रदेश २ का ८ मध्ये कुनै पनि जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरिएको छैन। संयोजक यादवले प्रदेश नम्बर २ का विभिन्न जिल्लाको नाम पनि निर्वाचन समितिमा आएको बताए।

‘केही जिल्लाका क्रियाशीलको नाम पार्टीले हामीलाई उपलब्ध गराएको छ। तर आठै जिल्लाको नाम प्राप्त भएपछि एकैपटक सार्वजनिक गर्ने भनेर आंशिक रूपमा सार्वजनिक गरिएन,’ यादवले भने।