२४ भदौं
पर्वत । नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागी केहि जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । पर्वत जिल्लाका ६१ वटा वडामा वडा अधिवेशन सम्पन्न भई सकेको छ । आगामी भदौ २७ गते पालिका,आश्वीन १ गते प्रदेश र ५ गते जिल्ला अधिवेशन सम्पन्न हुदैछन् । यसै सन्दर्भमा आज पर्वतको सवैभन्दा धेरै कृयाशिल सदस्य भएको कुश्मा नगरपालिका वडा नं. २ खुर्कोट र वडा नं. १ पाङ्गका क्षत्रिय प्रतिनिधिको संयुक्त वैठक सम्पन्न भएको छ । खुर्कोट र पाङ्गको सिमाना भुवनेश्ररी गुफामाको प्राङ्गढमा सम्पन्न वैठकले कुश्मा नगरपालिका,प्रदेश क र जिल्ला कार्यसमितिमा प्रतिनिधित्व गर्नका लागी ईच्छा भएका क्षत्रिय प्रतिनिधिले उम्मेदवारी घोषणा गरेका छन् । उक्त वैठकमा दुवै वडाका वडा सभापती र क्षेत्रिय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश क का सभापती गंगाधर पौडेलले खुर्कोट र पाङ्ग नेपाली कांग्रेसको उर्वरा भुमि भएको र यहांका ८० प्रतिशत जनता कांग्रेसमा आस्था राख्ने रहेको वताउनु भयो । कांग्रेसलाई यहांका जनताले धेरै गुण लगाएको तर कांग्रेसको जिल्ला नेतृत्वले जहिले पनि उपेक्षा गर्ने गरेको गुनासो गर्नु भयो । खुर्कोट र पाङ्ग नमिल्नाको कारणले जिल्लाको महत्वपूर्ण नेतृत्व लिन नसकेको वताउदै आफुले क्षत्रिय सभापति पदवाट राजिनामा दिएको तर जिल्ला,केन्द्रले स्वीकृत नगरेको जानकारी गराउनु भयो । उहांले क्षत्रिय सभापती पद छाडेको तर कांग्रेस नछाडेको वताउनु भयो । खुर्कोट र पाङ्गका सवै कांग्रेसहरु एकजुट भएर नेतृत्व लिनका लागी आहन गर्दै आफुले सक्दो सहयोग गर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य सरस्वती शर्मा जिज्ञासु,पूर्व कार्य समिति सदस्य गुप्तनिधि शर्मा,एनआएनए आईसीसी सदस्य अर्जुन श्रेष्ठ,साविक पाङ्ग गाविसका पूर्व अध्यक्ष तथा सहिदपरिवारका सदस्य हेम शर्मा,वडा नं. १ का वडा सभापती कृष्ण वहादुर क्षेत्री,वडा नं. २ का वडा सभापती तिर्थ प्रसाद शर्मा लगायतले आपनो धारणा राखेका थिए । अधिकांश वक्ताहरुले खुर्कोट, पाङ्गका सवै क्षत्रिय प्रतिनिधिहरुले एकजुट भएर एकै ठाउंमा मतदान गर्ने,जिल्लाका २५ प्रतिशत पदमा यस क्षत्रवाट दावी प्रस्तुत गर्नुपर्ने धारणा राखेका थिए । यस क्षत्रवाट नेतृत्व गर्छुभन्नेलाई सवैले मिलेर मतदान गरि निर्वाचित गराउनुपर्ने वताए ।
कार्यक्रममा उपस्थित क्षत्रिय प्रतिनिधिहरुले उम्मेदवारी घोषणा गरेका थिए । जस्मा नेपाली कांग्रेस जिल्ला कार्य समितिको उपसभापतीमा हेम शर्मा,जिल्ला पार्टी सचिवमा गुप्त निधि शर्मा,संघिय महाधिवेशन प्रतिनिधि सरस्वती शर्मा जिज्ञासु,डा केदार सुवेदी,कुश्मा नगरसमितिकाो सभापतीमा यदुनाथ शर्मा वास्तोला,जिल्ला कार्यसमिति सदस्यमा गणेश वहादुर क्षेत्री,कमलराज पौडेल,खगराज पौडेल,प्रदेश क क्षेत्रिय समिति सदस्य (अधिवेशन प्रतिनिधि ) मा लालकृष्ण शर्मा वास्तोला,कृष्ण समिप सुवेदी,तिल प्रसाद भण्डारी,दिपक सुवेदी ( टिका वहादुर ) सुर्य सुवेदी,तेजनाथ सुवेदी,वेल कुमार अर्याल,द्रौपती रिजाल,विरेन्द्र रिजाल,जनजाती महिलाको तर्फवाट शान्ति शर्मा कुमाल,प्रदेश क सचिवमा शिवराज शर्मा र कुश्मा नगरसमिति सदस्यमा नारायण गिरीले उम्मेदवारी घोषणा गरेका छन् ।
कार्यक्रममा उपस्थित नभए पनि कालिभक्त शर्माले प्रदेश क वाट प्रदेश अधिवेशन प्रतिनिधि र कालिका प्रसाद शर्माले कुश्मा नगरको सहसचिव पदमा उम्मेदवारी घोषणा गरेको जानकारी प्राप्त भएको छ ।
आज सम्पन्न कार्यक्रममा वडा नं. १ पाङ्ग ३७ जना र वडा न २ खुर्कोटका ४७ जना क्षेत्रिय प्रतिनिधि मध्ये झण्डै ७० प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त वैठकले वडा नं. १ का वडा सभापती कृष्ण वहादुर क्षेत्री र वडा नंं २ का वडा सभापती तिर्थ प्रसाद शर्मा रहेको २ सदस्यीय समितिलाई आवस्यक समन्वय गर्नका लागी सर्वसम्वत निर्णय गरेको छ ।
खुर्कोट र पाङ्गमा ८४ जना क्षेत्रिय प्रतिनिधिहरु रहेका छन् । जिल्लाका ६१ वडा मध्ये सवैभन्दा धेरै ४६ जना क्षत्रिय प्रतिनिधि कुश्मा नगरपालिका वडा नं. २ खुर्कोटमा रहेका छन् ।








