२४ भदौं
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमार नेपाल आएकी छिन् । उनीसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स बिहीबार बिहान कतारबाट काठमाडौं आएका हुन् ।
नेपालको चारदिने भ्रमणका क्रममा सुमार र ब्रुक्स काठमाडौँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । सुमार काठमाडौं आउनु अगाडि नै एमसीसी नेपालको संविधानभन्दा माथि नरहेको स्पष्ट पारेकी छिन् । नेपाल सरकारले गत शुक्रबार सोधेको विभिन्न ११ बुँदे प्रश्नको जवाफ लेख्दै एमसीसी उपाध्यक्ष सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई लेखिएको पत्रमा सम्झौताभन्दा नेपालको संविधान नै माथि रहेको प्रष्ट पारिएको हो ।
चार दिने नेपाल बसाईका क्रममा सुमारले विभिन्न सम्बन्ध व्यक्तिहरुसँग छलफल गरी एमसीसीको महत्वबारे बुझाउने छन् । एमसीसी २०७६ असार ३० गते अनुमोदनका लागि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको थियो । त्यसयता विभिन्न तर्कवितर्क भइरहेका छन् ।









