२३ भदौं
पर्वत । नेपाल रेडक्रस सोसाईटी पर्वतले ८ जना परिवारलाई कम्वल, पाल, भाडाकुँडा बाल्टी लगायतका सामान वितरण गरेको छ । पहिरो प्रभावित डम्बरवहादुर नेपाली, होमवहादुर नेपाली, पदम नेपाली, लेखबहादुर नेपाली, डिलबहादुर नेपाली, दुर्गा नेपाली, मनिलाल पौडेल र पर्शुराम पौडेललाई हिजो सामाग्री वितरण गरिएको होे ।
सबैलाई दुइ दुुई थान कम्वल, एक एक थान पाल,दुई दुई सेट भाँडाकुँडा, एक एक वटा बाल्टी दिईएको छ । पीडित परिवारलाई राहात स्वरुप सामाग्री सहयोग गरेको रेडक्रस पर्वतका सभापति रुद्रबहादुर रिमालले जानकारी दिनुभयो । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले पीडित परिवारलाई सामाग्री हस्तान्तरण गर्नुभयो । उहाँले रेडक्रसको सहायताले पीडित परिवारलाई तत्काल घरायसी सामाग्रीहरुको खाँचो टरेको भन्दै नगरपालिकाको तर्फबाट पनि आवश्यक सहयोग प्रदान गर्ने बताउनुभयो । उहाँले पहिरोबाट सुरक्षित हुने गरि बस्न स्थानीयलाई अनुरोध गर्नुभयो । सामाग्री वितरण कार्यक्रममा कुश्मा नगरपालिका ११ पकुवाका वडाध्यक्ष शिवप्रसाद पौडेल, नेपाल निजामती कर्मचारी यूनियन संघका केन्द्रिय उपाध्यक्ष शिव शर्मा अधिकारी, नेपाल ट्रेड यूनियन काँग्रेसका जिल्ला अध्यक्ष सुरेन्द्र केसी, रेडक्रसका मन्त्री पिताम्वर अधिकारी, वास कार्यक्रम संयोजक प्रेम केसी, लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष गणेशवहादुर क्षेत्री समेतको सहभागिता रहेको थियो ।