२० भदौं
पर्वत । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत १८ गते देखि सुरु भएको गाउँ–नगर वडा अधिवेशन पर्वतका अधिकांस वडामा सम्पन्न भएको छ । कुश्मा नगरपालिकाको वडा न २ खुर्कोटमा सर्वसम्वत रुपमा वडा अधिवेसन सम्पन्न भएको छ । जिल्लाका ६१ वडा मध्ये सवैभन्दा धेरै कृयाशिल सदस्य भएको उक्त वडामा आज अधिवेशन सम्पन्न भएको हो । ५ सय १३ जना कृयाशिल सदस्य रहेको उक्त वडामा एक जना सभापती सहित ४७ जना क्षत्रिय प्रतिनिधि चयन भएका छन् । जिल्लाका सवै वडा मध्ये धेरै क्षत्रिय प्रतिनिधि छनौट हुने वडाको रुपमा चिनिएको छ ।
तिर्थ प्रसाद शर्माको अध्यक्षतामा २७ सदस्यीय वडा कार्य समिति चयन गरेको छ । जस्मा उपसभापती नारायण पौडेल,हरी प्रसाद शर्मा,सचिव गोविन्द प्रसाद रेग्मी,पदम प्रसाद वास्तोला,सहसचिवमा निर्मल क्षेत्री,कपिलमणी शर्मा,सदस्यहरुमा जिते दमै,सुनिता दर्जी,वोलमाया भुजेल,भगवती शर्मा,पार्वती पौडेल,विशाल पौडेल,महेन्द्र रेग्मी,गणनाथ पौडेल,राधिका क्षेत्री,गीता कुमारी आचार्य,रेणु जोशी,लक्ष्मी कडेल पौडेल,चोलाकान्त अर्याल,नोदराज रेग्मी,दिनेश पौडेल,भागीरथ पौडेल,राम प्रसाद शर्मा,सहदेव गिरी,सरस्वती पौडेल र दुर्गा प्रसाद पौडेल रहेका छन् ।


त्यसै गरी क्षेत्रिय प्रतिनिधिमा गंगाधर पौडेल,सरस्वती शर्मा जिज्ञाशू,कलिभक्त शर्मा,छत्रराज रेग्मी,यदुनाथ शर्मा वास्तोला,गुप्तनिधि शर्मा, कमलराज पौडेल,गणेश वहादुर क्षेत्री,तिल प्रसाद भण्डारी,शिवराज शर्मा,माधव प्रसाद रेग्मी,लालकृष्ण शर्मा,शान्ति शर्मा कुमाल,श्याम जोशी,यज्ञनाथ वास्तोला,डण्डापाणी पौडेल,टंकप्रसाद अर्याल,भोलानाथ रेग्मी,मिलन वास्तोला, वरदान पौडेल,कृष्ण प्रसाद पौडेल,देवनाथ शर्मा,रविन्द्र वहादुर क्षेत्री,विवेक गिरी,प्रतिज्ञा कुमारी शर्मा,सरस्वती गिरी,गीता देवी रेग्मी,सावित्रा पौडेल,गिता शर्मा,गिता पौडेल रेग्मी,यमुना उपाध्याय रेग्मी,गीता देवी पौडेल,जमुना दर्जी ,माया दर्जी,सन्तोष वि क ,गंगा वहादुर परियार,दिपक परियार,तिल कुमारी शर्मा,गिता शर्मा रेग्मी,सीता सापकोटा शर्मा,पवित्रा पौडेल,सुमित्रा पौडेल,चन्द्र वहादुर क्षत्री रहेका छन् ।

१८ गते औपचारीक रुपमा शूरु भएको वडा अधिवेशन सर्वसम्वत वनाउनका लागी नेपाली कांग्रेशका क्षत्रिय सभापती गंगाधर पौडेलको सयोजकत्वमा ५ सदस्यीय टोली गठन भएको थियो । उक्त टोलीको सदस्यहरुमा यदुनाथ शर्मा,देवी प्रसाद रेग्मी,सरस्वती शर्मा जिज्ञासु,देवनाथ शर्मा रहेका थिए । कार्यदलले सर्वसम्वत रुपमा प्रतिनिधि छनौटका लागी समन्वय गरेर अधिवेशन सम्पन्न भएको थियो ।
मतदान अधिकृत प्रकाश रिजालले निर्वाचनको प्रकृया पुरागरी निर्वाचित प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।