Shadow of sad man hanging suicide. light and shadow

७ भाद्र

झापा । झापाको कन्काइ नगरपालिका वडा न १ मा सोमबार बिहान एकै परिवारका तीन जनाको शव झुन्डिएको अवस्थामा फेलापरेको छ । मृतक एकै परिवारका बुवा-आमा र ८ महिनाकी नाबालक छोरीको शव झुन्डिएको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ ।

मृतक कन्काई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा उनकी श्रीमती २९ बर्षिय मुना बिश्वकर्मा र उनीहरुकी ८ महिनाकी छोरी रुविनाको शव झुन्डिएको अवस्थामा फेला परेको हो ।

रविन वैदेशिक रोजगारीका लागि केहि दिन अघि काठमाण्डौ सम्म गएको तर कोरोना पोजिटिभ देखिएका कारण घर फर्किएर आएको स्थानीयबासीले बताएका छ्न ।

हाल घटनास्थलमा प्रहरि टोली पुगिसकेको जानकारी प्राप्त भएको छ । घटनाबारेमा विस्तृत अध्ययन हुन बाकी रहेको घट्नास्थल पुगेका डिएसपी संतोष आचार्यले बताएका छन ।