१ भदौ
पर्वत । पर्वतको कुस्माबजारबाट दुई युवा लागु औषध सहित पक्राउ परेका छन ।
जिल्लजिल्ला प्रहरी कार्यालय पर्वतले कुस्माबजारको शिबालयचोकबाट सोमबार दिउँसो २ जना युवालाई लागू औषध सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला पर्वत कुश्मा नपा वडा नं ६ शिवालयचोकबाट जिल्ला पर्वत कुश्मा नगरपालिका ४ बस्ने २१ बर्षको नेष्टी श्रेष्ठ र कुनपा ८ चुवा बस्ने २० बर्षको एजन नेपाली रहेका छन । जिल्ला प्रहरी कार्यालय पर्वतबाट बिशेष सुचनाका आधारमा प्रहरी नायव निरीक्षक मोहन कुमार खड्काको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले २ जना युवालाई पक्राउ गरेको जानकारी दिएको छ ।
उनीहरुबाट गाँजा र अन्य लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई लागू पदार्थ ओसार पोसार सम्बन्धि सजायका लागि अदालतमा म्याद थप भएको प्रहरीले जनाएको छ ।








