A health worker and relatives lower the body of a man who died from the coronavirus disease (COVID-19), for burial at a graveyard in New Delhi, India, May 6, 2020. REUTERS/Danish Siddiqui TPX IMAGES OF THE DAY

२३ साउन

शनिबार गण्डकीका ५७३ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १२२० जनामा गरिएको नमुना परीक्षणमा थप ५७३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

आज संक्रमण पुष्टि हुनेमा गण्डकीका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ४०२ जनाको नमुना परीक्षण गर्दा १८३ जना, तनहुँका १८४ जनाको परीक्षण गर्दा ९६ जना, गोरखाका २३१ जनाको परीक्षण गर्दा १०९ जना, लमजुङका ७७ जनाको परीक्षण गर्दा २७ जना र नवलपुरका १०१ जनाको परीक्षण गर्दा ६४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ३४ जनाको परीक्षणमा १४ जना, पर्वतका १७ जनाको परीक्षणमा दुई जना, बागलुङका १११ जनाको परीक्षणमा ५४ जना र  म्याग्दी जिल्लाका ६३ जनाको परीक्षणमा २४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।