३१ असार
काठमाडौं । १२ हजार ७६८ नमूना परीक्षणमा २६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट ८२ सय ५६ र एन्टिजेन विधिबाट ४५ सय १२ नमूना परीक्षण गराइएको थियो। जसमध्ये १७ सय ८२ जनाको पीसीआरबाट र ८९४ जनाको एन्टिजेन विधिबाट संक्रमण देखिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी गत २४ घण्टामा १ हजार ७५७ जना कोरोना संक्रमि डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोनाबाट निको हुने संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ। मन्त्रालयका अनुसार बिहीबार कोरोनाबाट थप ३३ जनाको मृत्यु भएको छ। यो सहित कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ४६३ पुगेको मन्त्रालयले जनाएको छ।
हाल देशभर २६ हजार ६३९ जना सक्रिय संक्रमित छन्।








