३० असार

महोत्तरी । महोत्तरीस्थित नेपाली सेनाको ब्यारेकमा एक सैनिक जवानले आफैँलाई गोली हानी आत्माहत्या गरेका छन्।

जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीस्थित रणभिम गणमा कार्यरत रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ का २३ वर्षीय सिपाही अम्बिर तामाङले आज बिहान करिब ६ः०० बजे आफैँलाई गोली हानी आत्महत्या गरेका हुन् ।

तामाङले आफूले बोकेको ५.५ मिनी इन्सास हतियारबाट आफ्नो कन्चटमा गोली हानेको प्रहरीले जनाएको छ। तामाङले किन आत्माहत्या गरे भन्ने अहिलेसम्म नखुलेको बताइएको छ।

घटना स्थलमा प्रहरी टोलीले प्रकृति मुचुल्का उठाइ थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।