२९ असार
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारमा मंगलबार कांग्रेसका दुई र माओवादी केन्द्रका दुई नेता मन्त्री बन्ने भएका छन्।
देउवाको मन्त्रिमण्डलमा माओवादी केन्द्रको तर्फबाट अर्थमन्त्रीमा जनार्दन शर्मा ‘प्रभाकर’ र ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्रीमा पम्फा भुसाल सहभागी हुने भएका छन्।
माओवादी केन्द्रले शर्मा र भुसाललाई सरकारमा पठाउने निर्णय गरेको हो।
त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट बालकृष्णा खाँड गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बन्ने भएका हुन्। कांग्रेसले सरकारमा खाँड र कार्कीलाई पठाउने निर्णय गरेको हो।








