२९ असार
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका छन्। उनले सर्वोच्चको फैसला पछि प्रतिक्रिया दिँदै प्रतिनिधिसभा विघटन निर्णय असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले बदर गरिदिएर संविधानको रक्षा गरेको बताएका छन्।
अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गर्न नमिल्ने उनको भनाइ छ । नेता थापाले उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहुने आशा गरेका छन्।
उनले भनेका छन्,’प्रतिनिधिसभा विघटन असंवैधानिक थियो,सर्बोच्च अदालतले व्याख्या गर्दै संविधानको रक्षा गरेको छ।अदालतको आदेश मन परेन भने असहमत हुन पाइन्छ तर अस्वीकार गरिँदैन।
उत्तेजना,दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भीरबाट खस्नेलाई रामराम।’








