२४ असार

स्याङ्जा । प्रहरीले स्याङ्जामा आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेका बाबुलाई पक्राउ गरेको छ। फेदीखोला गाउँपालिकामा ११ वर्षीया छोरीलाई बलात्कार गरेका ४० वर्षीय एक पुरुष समातिएका छन्‌। आफ्नै छोरीलाई जबर्जस्ती गरेको जाहेरी दरखास्त परेपछि निजलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिलाई करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।