२३ असार
पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलामा एक्कासी वाढी आउदा गाडी बगाएको छ । अविरल बर्षातसंगै आएको बाढिका कारण मध्ये रातमा गाडी बगाउँदा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए ।

प्रहरी नायव उपरिक्षक बुढाथोकीका अनुसार मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेत्तपा भएको पुष्टि भएको छ । वेपत्ता हुनेमा साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारुको पहिचान भएको बुढाथोकीले जानकारी दिए ।

रातको समयमा गाडीलाई खोलाले बगाएका कारण गाडीमा अर्को को ब्यक्ति थिए उनको पहिचान अझै नभएको प्रहरीको भनाई छ ।
गाडीमा ३ जना सवार रहेको प्रहरीले पुष्टि गरेको छ । वेपत्ता उनीहरुको मध्यरात देखि नै खोजी कार्य जारी रहे पनि हालसम्म पनि पत्ता नलागेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव निरिक्षक बुढाथोकीले अझै पनि खोजी कार्य जारी रहेको जानकारी दिए । वेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
वडा नं। ८ का वडा अध्यक्ष राजकूमार क्षेत्रीका अनुसार खोलाको छेउमा रहेका ५ वटा पसल पूर्णरुपमा क्षती भएका र थप अन्य द्रद्धहरु उच्च जोखिममा रहेको जनाएका छन् ।
मध्ये रातमा गएको वाढीको निरीक्षण कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी,प्रमुख जिल्ला अधिकारी देवीपाण्डे खत्री,वडा अध्यक्ष राजकूमार क्षेत्री लगायतले स्थलगत अनुगमन गरि राहात र उद्धारको कार्य जारी रहेको जनाएका छन् ।