२१ असार

पर्वत । पर्वतमा जन्मिएर रोजगारीको शिलशिलामा यूएई पुगेका पर्वर्तेलीहरुको साझा संस्था पर्वत सेवा समाज, यूएईको पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट समाजसेवामा क्रियाशील युवा कमल लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । १८ असार शुक्रबारका दिन ‘जूम’ प्रविधिबाट भएको सो अधिवेशनमा अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदका लागि प्रत्याशीबीच निर्वाचन भएको थियो । दुई वर्षे नयाँ कार्यकालका लागि अध्यक्षमा लामिछानेसँग रुद्र सुवेदीले स्पर्धा गरेका थिए भने महासचिवमा निर्वाचित तिलक सापकोटासँग भीमलाल काफ्लेले उम्मेदवारी दिएका थिए। त्यसैगरी, कोषाध्यक्षमा नरेन सापकोटासँग भएको निर्वाचनमा विनोद पौडेल विजयी भए ।

अधिवेशनले प्रथम उपाधक्ष्यमा पूर्ण भुसाल, उपाध्यक्षमा तिलक कुँवर, राजेन्द्र कार्की, किशन पुलामी मगर, सचिवमा ऋषिराम सुवेदी, सहसचिवमा खुम जिसी र सहकोषाध्यक्षमा सुरज केसीलाई निर्विरोध चयन गरेको छ । सदस्यहरुमा भने नारायण रेग्मी, शालिकराम रिजाल, तुलसी काफ्ले,ऋषिराम रिमाल, जगदीश पौडेल, वेदप्रकाश तिमिल्सिना, नविन थापा क्षेत्री, पुरुषोत्तम रेग्मी, कृष्ण चपाईँ, सञ्जीव अधिकारी र प्रतिभा अधिकारी चयन भएका छन् ।

संस्थाको नेतृत्व लिएपछि नवनिर्वाचित अध्यक्ष कमल लामिछानेले भने, ‘हामी प्रवासमा रहेका पर्वतेलीहरूले हाम्रा सुखदुखमा साथ दिने संस्थाको मूल मर्मलाई नै अघि बढाउने हो । मेरो कार्यकाल यसैमा गतिशील हुनेछ । म अझै गतिशील भएर समाजसेवामा लाग्ने प्रण गर्दछु ।’

सरोज जिसीको सभापतित्वमा भएको अधिवेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि (अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरी, विशिष्ट अतिथि पर्वत सेवा समाजका संरक्षक मोहन शर्मा र विशिष्ट अतिथिका रूपमा एनआएनएका सल्लाहकार कुल आचार्य, अन्तरास्ट्रिय पर्बत समाजका प्रबक्ता एवम् पर्वत सेवा समाज युएई प्रमुख सल्लाहकार मणि प्रसाद भुर्तेल, पर्वत सेवा समाज युएईका बरिष्ठ सल्लाहकार बालकृष्ण अधिकारी,अन्तरास्ट्रिय पर्वत समाजका सल्लाहकार तथा पर्वत सेवा समाज युएई बरिष्ठ सल्लाहकार गोपिचन्द्र भुसाल, पर्वत सेवा समाज युएई बरिष्ठ सल्लाहकार प्रकाश सापकोटा, अन्तरास्ट्रिय पर्वत समाजका सल्लाहकार तथा पर्वत सेवा समाज युएई बरिष्ठ सल्लाहकार राजेन्द्र अधिकारी, अन्तरास्ट्रिय पर्वत समाजका उपाध्याक्ष पर्वत सेवा समाज युएई बरिष्ठ सल्लाहकार परशुराम पौडेल, पत्रकार महासंघ यूएईका अध्यक्ष लक्ष्मण खनाल, नेपाली समाज युएई अध्यक्ष गोविन्द ढकाल, जनसम्पर्क समिति युएईका सभापति भुवानी प्रसाद तिमिल्शिना, नेपाली एकता समाज युएईका अध्यक्ष शशि शिलवाल, अन्तरास्ट्रिय पर्वत समाज बरिष्ठ उपाधक्ष्य झलक के सी, अन्तरास्ट्रिय पर्बत समाज महासचिव गुणराज शर्मा ‘गुँराश), अन्तरास्ट्रिय पर्बत समाज सचिव शेषराज तिमिल्शिना, नेपाली बिजनेस काउन्सिल कोषाध्याक्ष एकेन्द्र थापा, पर्बत सेवा समाज युएईका सल्लाहकार ओम प्रकाश न्यौपाने, पर्वत सेवा समाज युएईका सल्लाहकार बिमला सापकोटा, पर्बत समाज कतार अधक्ष्य श्याम न्यौपाने, बाग्लुंग सेवा समाज युएई अध्यक्ष रत्न बि क लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।