४ असार

पर्वत । पर्वतको कुश्मा नगरपालिका १ पाङ र वडा नम्बर २ खुर्कोटमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । कुश्मा स्वास्थ्य चौकी र खुर्कोट स्थित शहरी स्वास्थ्य केन्द्रमा सामाग्री वितरण गरिएको हो । नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजाल मार्फत प्राप्त भएका ति सामानहरु आज पाङ र खुर्कोटमा वितरण गरिएको छ ।

पाङ स्थित कुश्मा स्वास्थ्य चौकीमा एक वटा अक्सिजन कन्सनटेटर, २५ सेट पिपिई,मास्क र विभिन्न खाले औषधी र खुर्कोट स्थित शहरी स्वास्थ्य केन्द्रमा एउटा अक्सिजन कन्सनटेटर वितरण गरिएको छ । कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सामाग्री हस्तान्तरण गर्नुभयो । खुर्कोट स्वास्थ्यचौकीमा एक वटा अक्सिजन कन्सनटेटर र पिपिई माक्स तुरुन्त वितरण गरिने छ ।

उहाँले स्वास्थ्य संस्थामा आवश्यक सामाग्री डा. बद्री रिजाल मार्फत प्राप्त गरि वितरण गरिएको बताउनुभयो । कोरोना संक्रमण नियन्त्रणमा विभिन्न संस्थाले सहयोग गरेकोमा उहाँले धन्यबाद दिनुभएको छ ।

सामाग्री वितरण कार्यक्रममा नेपाली काँग्रेस खुर्कोटका सभापति कालीभक्त शर्मा, खुर्कोटका वडाध्यक्ष यदुनाथ शर्मा बास्तोला, वडा सदस्य शान्ती शर्मा कुमाल लगायत जनप्रतिनिधी,नेपाली कांग्रेस खुर्कोटका सह संयोजक छत्रराज रेग्मी,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादुर क्षेत्री र पार्टीका प्रतिनिधीहरुको सहभागिता थियो ।