२९ जेठ
नेपालमा शनिबार थप ३ हजार ३ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ५०६ पिसिआर परिक्षणका क्रममा २ हजार ३८२ र ५ हजार ९८८ एन्टीजेन परिक्षणका क्रममा १ हजार २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २६ हजार ५३५ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ६१ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ३६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ६ हजार २ सय ९५ संक्रमित निको भएका छन् । योसँगै नेपालमा ५ लाख २७ हजार १११ जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ३२ लाख ७ हजार २०८ वटा नमुनाको पीसीआर र १ लाख २ हजार ९४० वटा नमुनाको एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।








